इपिएस पीडितहरुद्वारा - TopicsExpress



          

इपिएस पीडितहरुद्वारा आन्दोलनको कार्यक्रमबारे सार्वजनिक कोरियाली भाषा परिक्षा पास गरेर पनि कोरिया जान नपाएका युवा युवतीहरुले कडा आन्दोलन गर्ने भएका छन् । सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) अनुसार कोरियाली भाषा परिक्षा पास गरेर रोस्टरमा नाम चढाईएका ६ हजार ५ सय युवा युवतीको नाम रोष्टरबाट हटाएर नयाँ भाषा परिक्षाको तयारी गरेपछि पीडितहरुले आन्दोलनको घोषणा गरेका हुन् । रिपोर्टर्स क्लब नेपालमा शनिबार पत्रकार सम्मेलन गर्दै इपिएस पीडितहरुले आन्दोलनको कार्यक्रमबारे सार्वजनिक गरेका छन् । उनीहरुले बिभिन्न १० सूत्रीय माग अघि सारेका छन। सरकारले कुटनीतिक पहलद्वारा कोरिया जान पाउने ब्यवस्था गर्नु पर्ने आफुहरुको माग सम्बोधन नगरे धर्ना, जुलुस, घेराउ र आमरण अनसन बस्ने लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । इपिएसको नयाँ कोटामा पुरानाहरुलाई समायोजना गरेर मात्रै भाषा परिक्षाको फारम खोल्न समेत माग गर्दै पीडितहरुले साउन ७ गते मन्त्रि परिषदका अध्यक्ष खिलराज रेग्मीलाई ज्ञापन पत्र बुझाँउने भएका छन । , इपिएस पीडितहरुले राजधानीमा जम्मा भएर केन्द्रिकृत आन्दोलन गर्ने देखि आमरण अनसनसम्मको कार्यक्रमहरु घोषणा गरेका छन् । -ss
Posted on: Sun, 21 Jul 2013 01:03:37 +0000

Trending Topics



Recently Viewed Topics




© 2015