काठमाडौं, ६ भदौ । मोहन - TopicsExpress



          

काठमाडौं, ६ भदौ । मोहन बैद्यले नेतृत्व गरेको ने.क.पा.– माओवादीका सुर्खेत जिल्ला सह–सेक्रेटरीसहितका करिब आधा दर्जन नेता कार्यकर्ता मूल पार्टी एकीकृत ने.क.पा. (माओवादी)मा फिर्ता आएका छन् । बैद्य नेतृत्वको माओवादी अकर्मण्यतामा फँसेर देश, जनता र क्रान्तिको अगुवाई गर्न नसक्ने भएकाले उक्त पार्टी परित्याग गरी मूल पार्टीमा फिर्ता आएको उनीहरुले बताएका छन् । कृष्णसेन अनलाइनसँग कुरा गर्दै बैद्य नेतृत्वको पार्टी परित्याग गरेका जिल्ला सह–सेक्रेटरी खड्ग विश्वकर्मा ‘विवश’ले भने– नेतृत्व बिद्रोह पनि भन्छ, जनयुद्ध पनि भन्छ, खै के गर्न खोजेको हो केही बुझिनसक्नु छ ।' उनीहरुले एक प्रेश विज्ञप्ती जारी गर्दै भनेका छन्– रोग, भोक र गरीबीका बिरुद्धको संघर्ष र उत्पादनका निम्ति संघर्ष गर्दै नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभारहरुलाई सम्पन्न गर्दै समाजवादी क्रान्तिको आधार तयार गर्ने एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को कार्यदिशा वस्तुतः र अन्ततः सही भएका हुनाले हामी आजैका मितिदेखि ने.क.पा.–माओवादीबाट महान् र गौरवशाली पार्टी एकीकृत ने.क.पा. (माओवादी) मै फर्किएको कुरा सहर्ष जानकारी गराउँदछौं । उनीहरुले विज्ञप्ती मार्फत ने.क.पा.–माओवादी मै रहनु भएका इमान्दार र क्रान्तिकारी कमरेडहरुलाई समेत मूल पार्टी मै फर्की क्रान्तिका बाँकी कार्यभार सम्हाल्न समेत अपील पनि गरेका छन् । जारी विज्ञप्तीको पुरा अंशः प्रेश विज्ञप्ती मितिः २०७० भाद्र ६ आदरणीय न्यायप्रेमी जनसमुदाय देश अहिले महान् दशबर्षे जनयुद्ध र विविध जनआन्दोलनका उपलब्धीहरुलाई संविधान सभाको दोस्रो निर्वाचन मार्फत संस्थागत गर्ने महान् र ऐतिहासिक प्रक्रियामा छ । संविधान सभाको निर्वाचन मार्फत जनताको पक्षमा अग्रगामी संविधान लेख्नु र देशमा विद्यमान राजनीतिक अस्थिरताको अन्त्य गरी क्रान्तिकारी हस्तक्षेप र पहलहदमी मार्फत राष्ट्रिय जनतन्त्र र जनजीविकाका ज्वलन्त समस्याहरुलाई हल गर्दै समृद्ध र न्यायपूर्ण समाज निर्माण गर्नु आजको ऐतिहासिक कार्यभार हो । तसर्थ ने.क.पा.– माओवादीले अगाडि सारेको विचार र कार्यदिशाले देश, जनता र क्रान्तिको अगुवाई गर्न नसक्ने कुरामा हामी प्रष्ट छौं । रोग, भोक र गरीबीका बिरुद्धको संघर्ष र उत्पादनका निम्ति संघर्ष गर्दै नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभारहरुलाई सम्पन्न गर्दै समाजवादी क्रान्तिको आधार तयार गर्ने एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को कार्यदिशा वस्तुत र अन्तत सही भएका हुनाले हामी आजैका मितिदेखि ने.क.पा.–माओवादीबाट महान् र गौरवशाली पार्टी एकीकृत ने.क.पा. (माओवादी) मै फर्किएको कुरा सहर्ष जानकारी गराउँदछौं । साथै ने.क.पा.–माओवादी मै रहनु भएका इमान्दार र क्रान्तिकारी कमरेडहरुलाई समेत मूल पार्टी मै फर्की क्रान्तिका बाँकी कार्यभार सम्हाल्न समेत अपील गर्दछौं । खड्ग विश्वकर्मा ‘विवश’, पार्टी सह–सेक्रेटरी, सुर्खेत जिल्ला (ने.क.पा.–माओवादी, भेरी–कर्णाली राज्य सचिवालय सदस्य) डम्बरबहादुर सुनार ‘अमर’, अध्यक्ष, नेपाल दलित मुक्ति मोर्चा, सुर्खेत (ने.क.पा.–माओवादी, भेरी–कर्णाली राज्य सचिवालय सदस्य) चिनबहादुर बम ‘अपील’, ने.क.पा.–माओवादी, भेरी–कर्णाली राज्य सचिवालय सदस्य एवम् अध्यक्ष, जनक्रान्तिका घाइते तथा अपाङ योद्धा संघ भेरी–कर्णाली । लोकेन्द्र विष्ट ‘राजीव’, ने.क.पा.–माओवादी, भेरी–कर्णाली राज्य समिति सदस्य कर्णबहादुर विश्वकर्मा ‘रकेट’, ने.क.पा.–माओवादी, भेरी–कर्णाली राज्य समिति सदस्य
Posted on: Thu, 22 Aug 2013 19:11:13 +0000

Trending Topics



n-height:30px;"> ✖ Shoes Oryany Brown Leather Katie Flap Messenger Shoulder Bag
LinenSpa® 100% Natural Talalay Latex Zoned Bed Pillow CHECK
Bun Rush for BumbleBees John Ascher, a scientist at the American
BTS released the 2014 State Transportation Statistics (STS) – a

Recently Viewed Topics




© 2015