खुशी हुनु र दुखी हुनु आफ्नै सोचाईमा भर पर्ने कुरा हो। तनाब अरुले दिने भन्दा पनि बढी त यसको श्रोत ब्यक्ति स्वयम नै हो। सबै कुरा आफैले सोचेजस्तो त यो संसारमा सम्भव नै हुँदैन। जब आफूले सोचेजस्तो भैदिंदैन अनि मान्छेले तनाब (tension) लिनको लागि एउटा न एउटा त कारण भेटि नै हाल्छ। नकारात्मक सोचाई राखेर बाँच्ने आदत भएको मान्छेलाई कुनै बेला अरुले चित्त दुखाएनन् भने पनि आफुले आफैँलाई पीडा दिन थाल्छ र पीडामा रमाउन चाहन्छ। यस्ता मान्छेहरु स्वपीडक हुन्। यिनीहरु आफू त खुशीले बाँच्न सक्दैनन् भने अरुको खुशीको श्रोत हुनु त यिनीहरुको लागि धेरै परको परको कुरा हो। बाँच्न जान्ने हो भने जीवन सारै सुन्दर छ। जीवनमा उतारचढाब त भई नै रहन्छ। कहिले सुख त कहिले दु:ख जिन्दगीका दुई पाटा हुन् । बुद्धिमानीले अरुसँग गुनासो गर्नु भन्दा पनि दु:खको कारण बारेमा आत्मसमिक्षा गर्छ अनि आफ्ना गल्तिहरुबाट पाठ सिक्दै फेरि उस्तै गल्ति नदोर्याउने प्रण गर्छ भने मूर्खहरु आफैँ पश्चातापको आगोमा जलेर पिल्सिन्छन् अनि अरुलाई पनि दोष थोपर्न पुग्छन्।
Posted on: Thu, 19 Sep 2013 02:26:29 +0000
Trending Topics
Recently Viewed Topics
© 2015