प्लास्टिकको सस्तो आइफोन - TopicsExpress



          

प्लास्टिकको सस्तो आइफोन किन्ने होइन त ? नयाँ अपरेटिङ सिस्टम आइओएस ७ रिलिज हुने तिथि नजिकिंदै जाँदा एप्पल कम्पनीले नयाँ स्मार्टफोनसमेत सार्वजनिक गर्ने तयारी गरिरहेको छ। एप्पल निकट स्रोतहरूलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले एप्पलले आउँदो जाडोयाममा एकैपटक दुईवटा स्मार्टफोन सार्वजनिक गर्न लागेको बताएका छन्। समाचारअनुसार एप्पलले सुपथ मूल्यका प्लास्टिकको आइफोन ल्याउनेछ र बहुप्रतीक्षित आइफोन-५ एस पनि सार्वजनिक गर्नेछ। प्लास्टिकको त्यस्तो आइफोन महँगा आइफोनको खस्कँदो बजारलाई ध्यानमा राख्दै मध्यमवर्गीय उपभोक्तालाई लक्षित गरी ल्याउन लागिएको भए पनि त्यसको नामका सम्बन्धमा भने निर्णय भैसकेको छैन। प्रविधिसम्बन्धी ब्लग टेकडीले हालै एप्पलले ल्याउन लागेको प्लास्टिक आइफोनको मोडल भन्दै झन्डै ४० वटा तस्बिर सार्वजनिक गरेको छ। उक्त ब्लगका अनुसार नयाँ सस्तो आइफोन पूर्णतया प्लास्टिकबाट बनेको हुनेछ। यसमा आइफोन ५ मा जस्तै ४ इन्चको स्क्रिन हुनेछ भने यसको आकार एप्पलको सुरुताकाको उत्पादन आइपोड जस्तै हुनेछ। यसमा आइफोन-५ मा भन्दा केही विशेषता तथा सुविधा परिस्कृत गरिनेछ भने यो हरियो, रातो, नीलो, कालो तथा सेतो रङमा उपलब्ध हुनेछ। उता द इन्टरनेसनल बिजनेस टाइम्सले आउँदो सेप्टेम्बरमा एप्पलले आइफोन-६ र आइफोन-५ एस एकैपटक सार्वजनिक गर्ने दाबी गरेको छ।
Posted on: Wed, 24 Jul 2013 11:46:22 +0000

Trending Topics



Recently Viewed Topics




© 2015