मतगणनामा धांदली भएको - TopicsExpress



          

मतगणनामा धांदली भएको भन्दै उपेन्द्रद्वारा पत्रकार सम्मेलन मतगणनामा धाँदली भएको आरोप लगाउादै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विराटनगरमा पत्रकार समेलन गर्नु भएको छ । मोरङ ५ का उम्मेदवार यादव कांग्रेसका अमृत अर्यालसँग प्रतिस्पर्धा गरिरहनु भएको छ र दोस्रो स्थानमा हुनुहुन्छ । यस्तै क्षेत्र नम्बर ६ का फोरम लोकतान्त्रिकका उम्मेदवार भक्ती माझीले मध्यरातदेखि मतगणना बहिस्कार गर्नु भएको छ । मतगणना स्थालमा तनाव मतगणना प्रक्रिया रोक्न माग गर्दै विराटगरको आदर्श स्कुल अगाडि फोरम लोकतान्त्रिकका कार्यकर्ताले नाराबाजी गरिरहेका छन् भने गणना जारी राख्न माग गर्दै कांग्रेस कार्यकर्ता मैदानको अर्कोतिर नाराबाजी गरिरहेका छन् । झडपको स्थिति आउन नदिन बीचमा बसेका प्रहरीले साङ्गो बनाएका छन् ।
Posted on: Fri, 22 Nov 2013 06:28:34 +0000

Trending Topics



Recently Viewed Topics




© 2015