५ भदौ- रक्षा बन्धनको - TopicsExpress



          

५ भदौ- रक्षा बन्धनको स्वर्णिम दिनमा अभिनेत्री रेखा थापाको जन्मदिन परेको छ।E हिरो चलचित्रबाट अभिनय यात्र सुरु गरि काली सम्म आईपुग्दा उनि निर्माता बनिसकेकी छिन्। अन्य अभिनेत्रीको तुलनामा सँधै अगाडी रहँदै कालीसम्म आईपुग्दा उनले झण्डै डेढ सय चलचित्रमा अभिनय गरेकी छिन्। हामी तीन भाई, हिरो, मितिनी, धड्कन, कर्णवीर, दुर्गा, देवर बाबु, हिम्मत, किस्मत, हिफाजत, कस्ले चोर्यो मेरो मन, अन्दाज, रावण, कस्ले चोर्यो मेरो मन, मालतीको भट्टी लगायतका चलचित्रहरुमा रेखाको बेग्लै छाप छोड्न सफल छिन्।वैचारिक मतभेदले श्रीमान छवि ओझासँग टाढिएर बस्नुपर्दा समेत रेखाले आफुलाई कुनै कदम पछाडी पारेकी छैनिन्। राजनितीमा समेत सक्रियता बढाउँदै गरेकी रेखा एमाओवादीमा आवद्द छिन्। नेपाली चलचित्रकर्मीहरुले रेखाको कठोर मेहनत नै उनको सफलताको सुत्र रहेको बताउँछन्। उनको यो वानीबाट अन्य कलाकारले पाठ सिक्नुपर्ने चलचित्रकर्मीको बिश्लेषण छ।एनपि न्यूज डटनेटको तर्फबाट नायिका रेखा थापालाई शुभ जन्मदिनको शुभ कामना। रेखाले नेपाली चलचित्रमा अझै आफ्नो प्रभाव बढाउँदै नेपाली चलचित्रको उन्नती, प्रगतीमा साथ दिन सकुन साथै उनको दिर्घायुको कामना।
Posted on: Wed, 21 Aug 2013 08:57:40 +0000

Trending Topics



Recently Viewed Topics




© 2015