..r.. बिग्रेको जहाज हेर्न ५० जना कर्मचारी विदेश भ्रमणमा १० साउन, काठमाण्डौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको सिंगापुरमा मर्मत भइरहेको एउटा जहाज लिन जाने ‘निहुँ’ मा ५० जनाजति कर्मचारीले विदेश शयर गरेका छन् ।ती कर्मचारीको विदेश शयरका लागि निगम व्यवस्थापनले झन्डै ५० लाख रुपैयाँ बेहोर्नुपरेको छ । जहाज लिन जाने भनेर काठमाण्डौं-सिंग ापुर ओहोरदोहोर गर्ने ती कर्मचारीले अहिलेसम्म जहाज भने ल्याउन नसकेको नागरिक दैनिकमा खबर छ ।‘यसरी गएका कर्मचारीको काम मजाले विदेश घुम्ने र भत्ता पचाउनेमात्र हो,’ निगमका एक अधिकारीले बुधबार भने, ‘नत्र एउटा जहाज लान र ल्याउन त्यत्रो लावालश्कर किन जानुपर्यो ? यो पनि अनियमितताको गतिलो उदाहरण हो ।’जहाज अभावमा पर्याप्त आम्दानी गर्न नसकेको निगमका लागि यस्तै ‘अनियमितता’ र फजुल खर्चले पनि थिलथिलो पार्दै आएको सम्बद्ध अधिकारीले बताएका छन् । मर्मत गरेपछि जहाज लिन चालक दल र इन्जिनियरमात्र गए पुग्ने भएपनि बर्षौदेखि हुलका हुल कर्मचारी जाने गरेको ती अधिकारीले बताएका छन्
Posted on: Thu, 25 Jul 2013 04:24:48 +0000
Trending Topics
Recently Viewed Topics
© 2015