‘गाई’संग जोडिएको - TopicsExpress



          

‘गाई’संग जोडिएको विरोधाभाष ! यो पटक मतदाताहरूमा गजबको विरोधाभाष देखियो। ठाउं-ठाउंबाट यस्ता नाराहरू बनाइएका रहेछन्: एउटा भोट दाइलाई, एउटा भोट गाईलाई; एउटा भोट गाछीलाई, एउटा भोट बाछीलाई; भोट, रूगा (रूख र गाई)लाई; भोट, सुगा (सुर्य र गाई)लाई। यी सबैको अर्थ के हो भने ‘एउटा भोट गणतन्त्र, संघियता र धर्म निरपेक्षतालाई’ अनि ‘एउटा भोट चाहिं राजतन्त्र, गैर-संघियता र धर्म सापेक्षतालाई’। यो के गरेको मैले ज्यान गए बुझ्न सकिन? पूर्णत: विपरित दृष्टिकोणहरूमा धेरै मतदाताहरूले किन मत विभाजन गरे होला यसको प्राज्ञिक विश्लेषण अत्यन्त रोचक हुने देखेको छु। तपाईंको दृष्टिकोण बांड्नुभयो भने आभारी हुनेछु।
Posted on: Tue, 19 Nov 2013 17:58:12 +0000

Trending Topics



Recently Viewed Topics




© 2015