" चरी पक्राउको विरोधमा - TopicsExpress



          

" चरी पक्राउको विरोधमा धादिङ बन्द " धादिङ, साउन १३ –गते । " गुण्डा नाइके " भनेर चिनिने दिनेश अधिकारी चरीलाई प्रहरीले पक्रेको बिरोधमा नेकपा एमालेले गरेको धादिङ बन्दका कारण जनजीवन कष्टकर बनेको छ । बन्दका कारण सदरमुकाम धादिङबेसीका वजार शिक्षण संस्था, यातायात बन्द भएको छ । राजधानी प्रवेश गर्ने त्रिभुवन राजपथ र पृथ्वीराजमार्गको ठाउँ ठाउँमा बन्दकर्ताले अवरोध गर्दै सवारी आवागन ठप्प पारेका छन् । अधिकारीलाई रिहा नगरे सम्म बन्द जारी रहने युवा संघ धादिङका अध्यक्ष अर्जुन गोर्खालीले बताउनु भयो । चरी एमाले धादिङ क्षेत्र नम्बर १ का उपाध्यक्ष हुन् । प्रहरीले हतियार संबन्धि झुठो मुद्धा लगाएर फसाउन खोजेको भन्दै एमालेले धादिङ बन्द गराएको हो । चरी शनिवार काठमाडौमा पक्राउ परेका थिए । केही दिन धादिङवाट काठमाडौ जांदै गर्दा अधिकारीलाई नैकापमा धादिङका गोली प्रहार गरी घाइते बनाइएकोमा दोषीलाई कारबाही गर्नुको साटो प्रहरीले उल्टै घाइतेलाई पक्रेर दुःख दिएको नेकपा एमालेले आरोप लगाएको छ । अधिकारीलाई गोली हानेको आरोपमा धादिङबेसीका राधाकृष्ण भण्डारी काठमाडौमा प्रहरी हिरासतमा रहेका छन् । राधे समुह र चरीकाबीच दुश्मनीका कारण पटक हिंसात्मक झडप हुँदै आएको छ । केही वर्ष अघि चरी र भण्डारी दुवै जना नेपाली कांग्रेसका कार्यकर्ता रहेकोमा चरी एमालेमा प्रवेश गरेका हुन् ।
Posted on: Sun, 28 Jul 2013 06:02:03 +0000

Trending Topics



Recently Viewed Topics




© 2015