" डलरको भाउ एक सय ३ - TopicsExpress



          

" डलरको भाउ एक सय ३ रुपैयाँ ५० पैसा " काठमाडौं, भदौ ७ गते । अमेरिकी डलरको भाउ शुक्रबार झन् महँगो भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक डलरको मूल्य १ सय ३ रुपैयाँ ५० पैसा तोकेको छ । खुला बजारमा कारोबार हुँदा यो भाउ अझै महंगो हुन जान्छ । विहीबार एक डलरको १ सय १ रुपैयाँ ४७ पैसा तोकिए पनि खुला बजारमा १ सय ४ रुपैयाँमा कारोबार भएको थियो । भारतीय बजारको असरको कारण डलर महंगिएको हो । भारतीय बजारमा डलरको भाउ ६५ रुपैयाँ ५६ पैसा भारु पुगेको छ । जर्मनको डच बैकले एक महिना भित्र डलरको भाउ भारतमा ७० रुपैयाँ पुग्ने प्रक्षेपण सार्बजनिक गरे पछि छाएको थप निराशाले भारु खस्कने क्रम अझ बढ्ने अनुमान गरिएको छ । नेपाल र भारतबीच स्थिर बिनिमय दर रहेकोले भारतमा तोकिने भाउमा १ दशमलव ६ ले गुणा गरेर नेपालमा डलरको बिनिमय दर तोकिन्छ । डलरसँगै अरु देशको मुद्राको भाउ पनि बढेको छ ।
Posted on: Fri, 23 Aug 2013 03:40:54 +0000

Trending Topics



Recently Viewed Topics




© 2015