•तुलसीको पात के-के को - TopicsExpress



          

•तुलसीको पात के-के को औषधि ? हिन्दु धर्ममा तुलसीलाई भगवान विष्णुको प्रतिकको रुपमा लिइन्छ र यसको आफ्नै धार्मिक महत्व पनि छ । तुलसीको धार्मिक महत्व मात्र नभएर यसमा पाइने औषधीय गुणका कारण मानव स्वास्थ्यका लागि समेत यसको महत्व छ । तुलसीमा औषधीय गुण पाइन्छ भन्ने कुरा हामीले सुनेकै कुरा हो । यद्यपि कस्ता कस्ता रोगका विरुद्ध तुलसीको सेवन लाभदायक हुन्छ भन्ने कुराको एकिन जानकारी नहुन सक्छ । यहाँ हामीले तुलसीको पात कस्तो कस्तो स्वास्थ्य समस्याको निराकरणमा उपयोगी सावित हुनसक्छ भन्ने जानकारी प्रस्तुत गरेका छौँ । *महिलाहरुमा महिनावारीको बेला यदि तथा कम्मर दुख्ने समस्या बढि नै छ भने तुलसीको हरियो पातलाई पिँधेर रस बनाउनुहोस् अनि दिनहुँ १ चम्चा तुलसीको पातको रस पिउनुहोस् । तुलसीको पात पिँध्न झण्झट लाग्छ भने पात मज्जाले धोइपखाली गरेर चपाउँदा पनि हुन्छ । *बर्खाको समयमा रुघाखोकी, ज्वरो तथा पेटको समस्या बढि देखिने गर्छ । यस्ता समस्याको रोकथामका लागि दिन तुलसीका पातको सेवन लाभदायक हुन्छ । साथै रुघाखोकी लागेको बेला तुलसीको पात, बेसार, नुन मिलाएर पानीमा मज्जाले पकाएर उक्त पानी पिएमा रुघाखोकी र चिसो कम हुन्छ । *तुलसीका पातको सेवनले मुखको संक्रमणबाट बचाउनुका साथै दाँत तथा गिजालाई स्वस्थ राख्छ । *बिहान उठ्नै बित्तिकै पानीसँगै तुलसीका पात पनि चपाएर खानुहोस् । यसले गर्दा विभिन्न खालका संक्रामक रोगबाट बचाउँछ । *तुलसीको पातको लेप छालामा लगाउँदा दाद, लुतो तथा छालासम्बन्धि अन्य रोगबाट बचाउँछ । *ज्वरो आएको छ भने तुलसीको पातलाई पिँधेर बनाएको रसमा अदुवाको रस र मह मिलाएर खाँदा फाइदा हुन्छ । *आयुर्वेदमा तुलसीको नजिक बस्दा स्वासप्रस्वास मार्फत लिइने हावा सरीरका लागि निकै फाइदाजनक हुने र त्यसले सरीरका विषाक्त पदार्थ निर्मलीकरण गर्नमा सहयोग गर्ने विश्वास गरिन्छ ।
Posted on: Tue, 09 Jul 2013 17:47:14 +0000

Trending Topics



Recently Viewed Topics




© 2015