(*****(.............. मन छुने कथा____ बस बाट ओर्लियर यसो खल्तितिर हात पुर्याउँदै थिएँ।अचानक झड्का लाग्यो।खल्ति खालि थियो..त्यहाँ त कसैको नजर परिसकेछ।त्यसो त खल्तिमा थियो नै के र?कुल पचास रुपयाँ र एउटा चिठ्ठि,जो मैले आमाको लागि लेखेको थिएँ—आमा मेरो जागिर गयो;म अब केहि समय पैसा पठाउन सक्दिनँ होला...।यस्तै यस्तै…। तीनदिन देखि त्यो चिठ्ठि मेरो खल्तिमैँ थियो। त्यसलाई पोस्ट र्गन मन लागेकै थिएन।आफुसँग भयको पचास रुपयाँ पनि गईसकेको थियो।धेरैका लागि त यो पचास रुपयाँ केहि ठुलो कुरै थिएन, तर जसको र्भखर जागिर छुटेको थियो, उसको लागि त्यै पचास रुपयाँ पाँच हजार भन्दा कम थिएन।।केहि दिन बित्यो।गाउँबाट आमाको चिठ्ठि आयो।मैले अनुमान गरिहालेँ।घरमा अघिल्लो महिना पनि पैसा पठाउन सकिन,पक्कै पैसाको जरुरत परेर होला।तर जब चिठ्ठि पढे म छाँगाबाट खसेजस्तै भयँ।आमा ले लेखेकि थिईन—“छोरा, तैँले पठाएको पाँचसय रुपयाँ मैले पायँ। तँ हामिलाई कति माया र्गछस है!…पैसा पठाउन कहिल्यो ढिलाई र्गदैनस,पैसाको कस्तो जरुरत भयकै बेला तैँले पठाएको पैसा पाएँ।”म सोचमग्न भएँ कि आखिर आमालाई मेरो नामबाट पैसा कसले पठायो? केहि दिन पछि,एउटा अर्को चिठ्ठि पाएँ। यता उता छरिएका दुई चार लाईन मात्र थिए।बल्लबल्ल चिठ्ठि पढेँ।चिठ्ठिमा यस्तो लेखिएको थियो—“साथि, पचास रुपयाँ चार सय पचास आफ्नो मिलायर मैले तपाईकि आमाको पाँच सय रुपयाँ पठाईदिएको छु।चिन्ता नर्गनु।…आमा त आमा नै हुन..सबैका आमा उस्तै हुन्छन्।उहाँहरुलाई किन भोकै राख्ने??....… तपाईको— खल्ति काट्ने मान्छे!
Posted on: Mon, 30 Sep 2013 14:43:42 +0000
Trending Topics
Recently Viewed Topics
© 2015