वैद्य–ज्ञानेन्द्र - TopicsExpress



          

वैद्य–ज्ञानेन्द्र गठबन्धन चुनाव भाड्ने षड्यन्त्रमाः प्रचण्ड ओखलढुङ्गा, एमाओवादीका अध्यक्ष प्रचण्डले एमाओवादीले संविधानसभा निर्वाचनमा दुई तिहाइ मत नल्याए संविधान बन्न नसक्ने बताएका छन् । अघिल्लो निर्वाचनमा परिवर्तनका पक्षधर शक्तिहरुको दुई तिहाइ नआएकाले संविधान नबनेको दाबी गर्दै उनले एमाओवादीले यस पटक पनि दुई तिहाई नल्याए देश दुर्घटनामा फस्ने बताए । अघिल्लो संविधानसभाबाट ८० प्रतिशत संविधान निर्माणको काम सकिए पनि यथास्थितिवादी काँग्रेस– एमालेको परिवर्तन विरोधी चरित्रका कारण संविधानसभा विघटन भएको उनको भनाइ थियो । एमाओवादीले आयोजना गरेको संयुक्त चुनावी सभालाई सोमबार सदरमुकाम ओखलढुङ्गामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मोहन बैद्य नेतृत्वको नेकपा–माओवादी र पूर्व राजा ज्ञानेन्द्रको चुनाव विरोधीप्रति क्रान्तिकारी गठबन्धन तयार भएको जिकिर गरे । आफू सहभागी हुने कार्यक्रममा अवरोध गर्न यातायात बन्द गर्दै आएका नेकपा– माओवादीप्रति आक्रामक देखिएका नेता दाहालले वैद्य– ज्ञानेन्द्र गठबन्धन निर्वाचन भाड्ने षड्यन्त्रमा लागेको आरोप समेत लगाए । अध्यक्ष प्रचण्डले – ज्ञानेन्द्र र वैद्य एकै ठाउँमा उभिएर संविधानसभाको विरोध गर्नु विडम्बनापूर्ण हो । एमाओवादी अध्यक्ष ओखलढुङ्गा आउने तय भए पछि नेकपा – माओवादीले जिल्लाका विभिन्न ठाउँका सडकमा रुख ढालेर सडक अवरोध गर्नुका साथै यातायात बन्द गरेका थिए । बन्दले यहाँ सार्वजनिक सवारी साधन दिनभर चलेनन् । एमाओवादीले कार्यक्रममा सहभागी हुन आउने कार्यकर्तालाई सुरक्षा सहित एक दर्जन सवारी रिर्जभ गरेर सदरमुकाम ओसारेको थियो । रासस
Posted on: Mon, 28 Oct 2013 23:38:19 +0000

Trending Topics



Recently Viewed Topics




© 2015