" हेटौंडा औद्योगिक - TopicsExpress



          

" हेटौंडा औद्योगिक क्षेत्रका चार उद्योग बन्द " मकवानपुर, साउन ८ गते । हेटौडा औद्योगिक क्षेत्रका ४ वटा उद्योगहरु मंगलबारदेखि अनिस्चितकालका बन्द भएका छन् । न्यूनतम पारिश्रमिक लागू नगरेको भन्दै मजदुरहरुले ती उद्योग बन्द गराएका हुन् । औद्योगिक क्षेत्रमा रहेको युनिक सोप, गंगा सोप, एन्टार्टिक बिस्कुट र सुपर लेमिकोट्स कम्पनी मजदुरले चल्न नदिएका हुन् । एकीकृत नेकपा माओवादी निकट अखिल नेपाल औद्योगिक मजदुर संघले सरकारले बृद्धी गरेको पारिश्रमिक लागू नगरेको भन्दै चार उद्योग बन्द गराएका हुन् । यसअघि राजपत्रमा प्रकासित भए अनुसार १५ सय ५० तलब र २ सय ५० रुपैयाँ भत्तामा बृद्धी गर्नु पर्ने भन्दै मजदुरहरु आन्दोलनमा उत्रिएका हुन् । उद्योग सञ्चालकहरुले भने सरकारले बृद्धी गर्नु भन्दा पहीले नै आफुहरुले पारीश्रमिक बृद्धी गरेकाले अहिले फेरि पारिश्रमिक बृद्धी गर्न समस्या भएको बताएका छन् ।
Posted on: Tue, 23 Jul 2013 04:01:43 +0000

Trending Topics



Recently Viewed Topics




© 2015