$४५ मा आइफ़ोन ५ सी २ हफ्ता - TopicsExpress



          

$४५ मा आइफ़ोन ५ सी २ हफ्ता अघिमात्र बजारमा आएको एप्पलको नया आइफों ५ सी बजारी भाउमा मोलमाल सुरु भएको छ | $९९ मा पाइने आइफों ५ सी को भाउ अहिले $ ४५ सम्म पुगेको छ | खुद्रा व्यापारीहरुले नया होलिडे सिजनलाइ ध्यानमा राख्दै आइफ़ोनको मूल्यमा येतीकाकमि ल्याएका हुन् | रडियोस्याक र वालमार्टले बिहिबारबाट आइफ़ोन ५ सी को मूल्य घटाई बिक्रि सुरु गरेका छन् | यस भन्दा अघि पनि वालमर्तले $७९ मा बिक्रि गरिरहेको आइफ़ोन ५ सीलाइ सुक्रबारबाट केवल $४५ मा बेच्न सुरु गरेको छ | अक्टोबर ७ तारिक सम्मका लागि मात्र $४५ मा किन्न पाईने यो फोन किन्दा ग्राहकले २ बर्षे वाइरलेस कनट्रयाक समेत साइन गर्नु पर्ने हुन्छ | एप्पलको अधिकारिक बिक्रेताबाट यो फोन $९९ मा दुइ बर्षको किस्ताबन्दिमा खरिद गर्न पाईन्छ | यो आइफ़ोन ५ एसको सस्तो संस्करण हो | यो फोन बजारमा आएको पहिलो हफ्ता नबित्दै एप्पलले ९ मिलियन भन्दा बढी फोनहरु बिक्रि गरेको थियो | स्रोत : सीएनएन
Posted on: Wed, 09 Oct 2013 04:15:21 +0000

Trending Topics



Recently Viewed Topics




© 2015