Ghazal by - tbsagar Sunsari, - TopicsExpress



          

Ghazal by - tbsagar Sunsari, Nepal शून्यताले वास माग्यो जिन्दगीमा आज कोही आई सम्हाली देउ दुनियाको माझ ! ओछ्याई रहे आँखा मैले पर क्षितिज सम्म मेरो निम्ति रोकिएन ढलिरह्यो साँझ । बैचेनीमा बाचुँ कति निराशालाई छोपी मिल्थ्यो कि त शान्ति कतै अँगालेर गाज । खण्डहर भो जिन्दगानी अँध्यारो भो यहाँ बनिदिनु तिमी मेरो जिन्दगीको साज । पीडा छिप्पी बेहोशिमा यतैकतै लडें छोपीदिनु तिम्ले मेरो उध्रिएको लाज ।
Posted on: Sun, 22 Sep 2013 13:10:17 +0000

Trending Topics



Recently Viewed Topics




© 2015