Guy:- “खाना खायौ ?” Girl:- “खाएँ - TopicsExpress



          

Guy:- “खाना खायौ ?” Girl:- “खाएँ !” Guy:- “के के खायौ ?” Girl:- “अँ……भात, अनि तरकारी, अचार, अलिकति घ्यु पनि” Guy:- “ओहो !! घ्यु पनि खा’को आज ?” Girl:- “खाइदेको नि !! मोट्टाउनु परो नि अलिअलि !” Guy:- “के को तरकारी खायौँ ?” Girl:- “काउली अनि साग !” Guy:- “मलाई त काउली कस्तो मिठो लाग्छ । साग चैँ रायोको मात्रै मनपर्छ । अरू चैँ खासै मनपर्दैन ।” Girl:- “तोरीको साग पनि मनपर्दैन ?” ... Guy: -“ठिकै लाग्छ !” Girl:- “मलाई त एकदमै मिठो लाग्छ ।” Guy:- “त्यसोभए आजदेखि मलाई पनि मिठो लाग्न थालो तोरीको साग ।” (मायाले भरिएकोजस्तो हाँसौ दुईतिरैबाट ;कति छिटो इच्छा फेर् मायाले ।) Girl:- “अनि सुन न । त्यो ****ले त मलाई अस्ति कस्तो जिस्कायो नि बाटोमा ।” Guy:- “अब गयो त्यो । ** ! मेरी बुढि जिस्काउने ?” Girl:- “भईहालो नि त । छोड्देऊ । कहिलेकाहिँ त्यस्तै भईहाल्छ नि । झगडा चैँ नगर है प्लीज !” Guy:- ” ल ल । एकपटक चैँ सम्झाईहेर्छु नि त ।” Girl:- “पर्दैन भन्छु झन् । अबदेखि कहिल्यै भन्दिनँ त्यसोभए यस्तो कुरा !” Guy:- “लु त लु केहि भन्दिनँ । अब खुसी ?” Girl:- “अँ………….” (कति छिट्टै आवेशमा ल्याइदिन्छ, कति छिट्टै शान्ति पनि पारिदिन्छ मायाले ) Girl:- “मैले आज कुस्तो खालको ईयर रिङ् लगाको थिएँ भन त ।” Guy:- “अँ………………खैरो..झुम्कावाला ।” Girl:- “जे पायो त्यहि । मेरो केहि कुरा विचार गर्दैनौ तिमी त !” Guy:- “त्यसो होइन, हिजोको कि आजको हो झुक्किएछु नि त । के लाकि थियौ भन्देऊ न त ।” Girl:- “त्यो कालो टप होइन ?” Guy:- “ए….हो त !! कस्तो बिर्सेको मैले ।” Girl:- “देखेऊ !! म भन्छु नि तिमी मेरो केहि कुराको विचार गर्दैनौ भनेर ।” Guy:- “सरी नि त…भईहालो नि !!! अबदेखि सबै कुरा विचार गर्छु नि…हस् ?” Girl:- “हस्…...म मख्ख परेँ ।” (कति छिटो झगडा र कति छिटो मिलान पारिदिन्छ मायाले ) Girl:- “तिमीले मलाई बिर्सिन्छौ होला तर पछि….” Guy:- “त्यस्तो गर्छु होलाजस्तो लाग्छ ?” Girl:- “त्यो त लाग्दैन… त्यहि पनि नि **को जात् !” Guy:- “अझै पनि शंका गर्छौ मलाई ?” Girl:- “अलिअलि लागेर पो सोधेको त !” Guy:- “अबदेखि पुरै हटाइदेऊ न त….म सधैँ हुन्छु नि तिम्रो लागि । हस् ?” Girl:- “हस् ! …..” (मिठ्ठो हाँसोको साथ ) (कति छिट्टै शंका अनि कति छिट्टै निवारण पनि खोजिदिन्छ मायाले ) . . . त्यतिकैमा टूंट टूंट आवाज आउँछ मोबाइलमा... (कति छिट्टै १०० रुपियाँको ब्यालेन्स सकिदिन्छ माया)
Posted on: Tue, 16 Jul 2013 15:57:48 +0000

Trending Topics



Recently Viewed Topics




© 2015