Ma ra Motorcycle तिम्रा निम्ती - TopicsExpress



          

Ma ra Motorcycle तिम्रा निम्ती मैले के चाँही गरी न र ? आफ्ना हात र खुट्टालाई घाउ नै घाउले भरीदिए तिम्रै निम्ती लाईसेन्सको ट्रायल पास गरीदिए तिम्रै निम्ती बुवाको कोट तान्नुपर्‍यो तिम्रै निम्ति SLC मा Distinction हान्नुपर्‍यो अन्तिममा तिमीले मेरो जीवनमा प्रवेश गर्‍यौ मेरो छ्ट्पट्टिरहेको मुटुलाई आनन्दले भर्‍यौ तिम्रो लागि पेट्रोल त Full Tanky नै हाले रमाइला दिनहरुले मलाई अङ्गालो हाल्न थाले दिनसँगै हाम्रो मित्रता पनि अघि बढ्न थाल्यो पेट्रोलको मुल्यले पनि हिमाल चढ्न थल्यो एकदिन छम्मासँग घुम्दा घुम्दै तिमी घ्याच्च रुक्यौ हाम्रो रमाइलो First Date माथि तिमीले प्यच्च थुक्यौ त्यो दिन पछि मैले बाईक चलाउन छोडीदिए आफ्नो चर्कियको मुटुलाई कार तिर मोडिदिए त्यो घटना पछी पाँच वर्ष त छिटै बितेर गए हेर्दा हेर्दै म पनि Prado चढ्ने भए तर तिमीलाई देख्दा Prado को घमन्ड हराएर भाग्छ तिमीलाई चलाउन छोडेकोमा पश्च्ताप लाग्छ तिम्रो विरोधमा म कहिल्यै उठ्ने छैन हामीबीचको माया-प्रिती कहिल्यै छुट्ने छैन..... कहिल्यै छुट्ने छैन
Posted on: Sat, 27 Jul 2013 06:58:03 +0000

Trending Topics



Recently Viewed Topics




© 2015