j................. सानु बिपिन - TopicsExpress



          

j................. सानु बिपिन थापा थुक्क मेरो जिन्दगी यस्तो पनि हुदो रहेछ,, बुड़ेशकालमा बैंश आयो, तन्नेरी झैं भईयो जेठी बुड़ी हुँदा हुँदै, कान्छी बुड़ी ल्याइयो | बुड़ेशकालमा कान्छी ल्याइयो, सम्झी आफुलाई ठिटो, कान्छी बुड़ी भने पछि, उस्को पादै मिठो | जतिनै राम्रो बनाए पनि, जेठीले बनाकी तितो नुनसरीको भए पनि, कान्छीले बनाकै मिठो | जेठी माथी कान्छी ल्याइयो, झगड़ाको गुँड़ कान्छी सित बस्यो भने, जेठी रिसले चुर ! बुड़ीयाको च्यांग च्यांग, सुन्दा सुन्दा वाक्कै दुइटा बुड़ी हुँदा पनि, कहिले कहिँ भोक्कै ! एक्लै हुँदा मिठो मिठो, खाइन्थ्यो मासु भात हिज आज दिनौं खाइन्छ, दुई बुड़ीको लात !
Posted on: Sat, 28 Sep 2013 05:19:06 +0000

Trending Topics



Recently Viewed Topics




© 2015