(n) दार्जिलिंगमा भै रहेको - TopicsExpress



          

(n) दार्जिलिंगमा भै रहेको गोर्खाल्याण्डको आन्दोलनमा अहिले सम्म ज्यान आहुती दिने वीर शहिदहरु प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु र गोर्खाल्यान्डको आन्दोलन सफल बनाउन देश तथा बिदेशमा रहेका आम नेपाली समुदायामा नैतिक,आर्थिक र भौतिक रुपले सहयोग गर्न म हार्दिक अपिल गर्न चाहन्छु | ति बहादुर नेपाली आमाका सन्तानहरु जो गोर्खाल्यान्डको लागि लडी रहनु भएको छ उहाँहरु सबैलाई म सम्मानका साथ सलुट गर्न चाहन्छु किन कि ति नेपाली मूलका वीर वीरंगणाहरु जसले राष्ट्रियता र राष्ट्रभाषाको महत्वको हामीलाई बोध गराई रहनु भएको छ यस बाट अहिले नेपालमा जाती,भाषा र धर्मको नाममा राजनीति गर्नेहरु,वीर गोर्खालीको निशाना भात्काउनेहरु र नेपाली जनतालाई राष्ट्रियताको ठूला ठूला कुरा गरेर दिल्ली दरबारमा मालिकको पाउमा दाम भेटी राखेर ढोग्ने र गुलिया मीठाई खाएर नेपाल फर्कने नेताहरुलाई थोरै भए पनि होस् खुलोस् गोर्खाल्याण्ड जिन्दाबाद ! गोर्खाल्याण्ड जिन्दाबाद !!
Posted on: Sat, 24 Aug 2013 01:36:08 +0000

Trending Topics



Recently Viewed Topics




© 2015