अपडेट : साफ यू-१६ फुटबलको - TopicsExpress



          

अपडेट : साफ यू-१६ फुटबलको फाइनलमा नेपाल भारतसँग पराजित दुई दशकपछि उपाधि जित्ने मौका गुम्यो १५ साउन, काठमाडौं । नेपाल साफ यू-१६ च्याम्पियनसिप फुटबलको फाइनलमा भारतसँग पराजित भएको छ । यससँगै नेपालले दुई दशकपछि अन्तराष्ट्रिय फुटबलमा उपाधि जित्ने मौका चुमाएको छ । २० वर्षअघि सिनियर टोलीले ढाकामा भएको साफमा स्वर्ण जितेपछि नेपालले उपाधि जित्न सकेको छैन । घरेलु मैदानमा भएको साफ यू-१६ च्याम्पियनसिप प्रतियोगिताभर राम्रो प्रदर्शन गरेको नेपाली खेलाडीहरु भारतविरुद्ध गोल गर्न भने असफल भयो र १-० ले पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतको जितमा १८ औं मिनेटमा जेरीले निर्णायक गोल गरे । खेलको ७० औं मिनेटमा भारतीय खेलाडी वान भर्सेज वानमा चुक्दा अग्रता दोब्बर पार्ने मौका गुमायो । खेलको ८४ औं मिनेटमा नेपालका विमल घर्ती मगर वान भर्सेज वानमा चुकेपछि नेपाल खेलमा फर्कन सकेन ।
Posted on: Tue, 30 Jul 2013 12:01:54 +0000

Trending Topics



Recently Viewed Topics




© 2015