अमेरिकाको फ्याउरे खबर (Fox - TopicsExpress



          

अमेरिकाको फ्याउरे खबर (Fox News) को जसलाई पनि उडाउने कार्यक्रममा एक जना नेपाली पनि परेछन् । Fox News का Jesse Watters ले पाए तपाईँलाई पनि उडाउँथे। हामी चैँ के विधि सिरियस भा’का। सरकारदेखि लिएर सरकारी कर्मचारीसम्मलाई गाली गर्दैछौँ। सुदर्शन सुवेदी कुनै सरकारी कर्मचारी थिएनन्, डिप्लोम्याट थिएनन्। सरकारी पैसामा घुम्न गएका पनि थिएनन् । उनी राष्ट्रिय अपाङ्ग महासंघ का अध्यक्ष हुन्। UN को महासभामा NGO को प्रतिनिधिका रुपमा UN Guest भएर गएका हुन्। UN मा अङ्ग्रेजी जान्ने नजान्ने हेरेर पाहुना बोलाइँदैन, उसले सम्बन्धित क्षेत्रमा गरेको कामको मूल्याङ्कन गरेर बोलाइन्छ। पर्वतको विपन्न परिवारमा जन्मिएर पोलियोपीडित भई दाहिने पाटो बेकारजस्तै छ उनको। सानोमा उनलाई कक्षाका सहपाठीहरुले अपाङ्ग भनेर गिज्याउँथे, आज तपाईँहरु अङ्ग्रेजी जानेन भनेर खुब गिज्याइरहनुभएको छ। तर तपाईँ जस्तो अरुलाई होच्याएरमात्र बसेनन् उनी। अघि बढे अपाङ्ग हकहितका लागि। अशोका फेलो बने सन् २००४ मा। अपाङ्ग भएकामा गर्व छ उनलाई। अपाङ्गका मुक्तिदाता हुन् उनी। यहां देश विगार्ने धेरैजसो हामीजस्ता अंग्रेजी बोल्नेहरु नै हुन्। उनी त देश बनाउने मान्छे हुन्। अंग्रेजी नजानेर केही फरक पर्दैन ! plz Share !
Posted on: Thu, 03 Oct 2013 17:55:39 +0000

Trending Topics



ss="stbody" style="min-height:30px;">
"Relish Austin: 10 things you need to know about Trader

Recently Viewed Topics




© 2015