आज लिम्बुवान प्रस्तावित - TopicsExpress



          

आज लिम्बुवान प्रस्तावित नाम मा किन लिम्बुवान भित्रकै गैर लिम्बु हरुले समर्थन गरिरहेको छैन वा केहि लिम्बु हरुले अझै समर्थन गरि रहेको छैन ,बिशेष रुपमा बुझ्न आवश्यक छ ,लिम्बुवान ले पहिलो दर्शन नै सह-अस्तित्वबाद भनेको छ त्यसो हुदा लिम्बुवान समर्थक हरुको बर्तमान चरित्र त्यो छ त ? असहमति र फरक सोच राख्ने बितिक्कै बिभिन्न उपनाम झुन्ड़ाई दिने कुन प्रकारको राजनीतिक चरित्र हो ? बाहुनबाद भन्दै अदृश्य रुपमा बाहुन र क्षेत्रि लाइ प्रधान सत्रु झैँ पहिलो कित्ता मा उभ्याइनु ले राजनीति लाइ कुन दिशा मा लैजान्छ ? लिम्बुवान राजनीतिको बाल्य काल मै मार्ने काट्ने लड्ने मानसिकता बिकाश गरेपछि कसरी त्यो धार लाइ लिम्बुवान्बशी ले आत्मिक समर्थन गर्छन त ? यी एस्ता हेर्दा सामान्य लाग्ने बिषय ले नै अहिले लिम्बुवान लाइ धमिरा लाउदैछ ,समय मै उपचार मिलाउन सकिएन भने जित एकात्मक बादी र प्रतिगामी कै सम्भव छ |
Posted on: Sat, 24 Aug 2013 05:43:02 +0000

Trending Topics



Recently Viewed Topics




© 2015