आज साउन १५ गतले हाम्रो - TopicsExpress



          

आज साउन १५ गतले हाम्रो पारिवारिक जीवनमा एउटा कालो दिनको इतिहास बोकेको छ । हाम्रा प्रात स्मरणीय हजुरबुबा स्व. सुदर्शन जमरकटेल तिर्थयात्राका क्रममा २०५७ साउन १५ गते नेपालको प्रसिद्ध तिर्थ मुक्तिनाथ जादै गर्दा मुस्तां जिल्लाको लेटे गा.वि.स.मा स्वर्गारोहन भएको आज १३ वर्ष पुरा भएर १४ वर्ष सुरु भएछ । उहाँकै सम्झना र सम्मानमा केही शब्द, उहाँको फोटो र मृत्यु भएको ठाउँबाट पार्थिव शरिरलाई हेलिकप्टरबाट सेती नदिको प्रसिद्ध रामघाट पोखरामा ल्याई उहाँको अन्तिम अन्तेष्टि गरिएको घाटका केही फोटाहरु सानै देखि अर्तिदिने कुल मेरा जीवनका बालक मनमा बुद्धि भर्ने मूल मेरा जीवनका विकट ती बाटा भरी काँधमाथि चढाएर खोलानदी सागर तार्ने पुल मेरा जीवनका स्व. हजुरबुबा श्री सुदर्शन जमरकटेलमा समर्पण श्रद्धा सुवास फूल मेरा जीवनका ।।
Posted on: Tue, 30 Jul 2013 01:09:27 +0000

Trending Topics



v>

Recently Viewed Topics




© 2015