आजकल मलाई गुनासो छ, यारमै - TopicsExpress



          

आजकल मलाई गुनासो छ, यारमै समस्या छ केको खुसी हुनु यार, प्यारमै समस्या छ जोडी जोडी अरुका सजिएर हिँड्या देख्छु आफ्नो भने भाग्य खोटी, निधारमै समस्या छ टुट् र फुट्को चल्ती छ, हिजोआज प्यारमा पनि सिकाउने उही माथिको सरकारमै समस्या छ उता आफ्नो करेसो फैलाउने हतारो छ यता जुठो थाल खोस्ने विचारमै समस्या छ आमा साह्रै विरामी छिन्, शल्यकृया जरुर छ छोराहरू चिकित्सक छन्, चिरफारमै समस्या छ source# Adhikari Pushpa
Posted on: Thu, 04 Jul 2013 09:45:57 +0000

Trending Topics



Recently Viewed Topics




© 2015