आठ जातका आलु - TopicsExpress



          

आठ जातका आलु सिफारिस ललितपुर, २५ असार । नेपाल कृषि अनुसन्धान परिषद्ले नेपालमा हालसम्म आठ जातका आलुखेती गर्नका लागि सिफारिस गरेको छ । आठ जातका आलु सिफारिस भइसकेको र अन्य दुई जातका आलुको सिफारिसका लागि सरकारसँग प्रस्ताव गरिएको राष्ट्रिय आलुबाली अनुसन्धान कार्यालयका संयोजक तथा वरिष्ठ वैज्ञानिक बुद्धिप्रकाश शर्माले बताउनुभयो । सिफारिस भइसकेका आलुका बीउहरुमा कुफ्रिज्योति, कुफ्रिसिन्दुरी, डेजिरे, जनकदेव, खुमल सेतो–१, खुमल रातो–२, खुमल लक्ष्मी, आइपिवाई रहेका छन् । नेपालमा लगाइने मुख्यतयाः आलुका जातहरु डेजिरे र जनकदेव रहेका छन् भने यी आलु उत्पादनका लागि मध्यपहाड र तराई क्षेत्रमा उपयुक्त स्थान रहेको वरिष्ठ वैज्ञानिक शर्माले जानकारी दिनुभयो । डेजिरे र जनकदेव आलुका लागि लगाएको ७० देखि ९० दिनमा उत्पादन लिन सकिन्छ भने अन्य आलुका लागि ९० देखि १३० दिनसम्म कुर्नुपर्ने भएकाले नेपालमा विशेषगरी व्यावसायिक रुपमा डेजिरे र जनकदेव आलु नै लगाउने गरेको पाइन्छ । बियाँबाट आलुखेती गर्ने तरिकाका लागि पनि दुई जातको आलुको लागि सरकारसँग प्रस्ताव गरिएको छ ।
Posted on: Tue, 09 Jul 2013 13:19:42 +0000

Trending Topics



Recently Viewed Topics




© 2015