आफैले पढाएकी छात्रालाई - TopicsExpress



          

आफैले पढाएकी छात्रालाई बलात्कार गर्ने शिक्षक पक्राउ १८ साउन, महोत्तरी । आफ्नै छात्रालाई बलात्कार गर्ने शिक्षक महोत्तरीमा पक्राउ परेका छन् । महोत्तरीको गौशाला-२ स्थित न्यू पाठशाला आवासीय विद्यालयको छात्रावासमा आफ्नै छात्रामाथि बलात्कार गर्ने सोही विद्यालयका शिक्षक नागेन्द्र ठाकुरलाई बिहीबार साँझ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । सर्लाही जिल्ला कविलाशीका बासिन्दा ठाकुरले गत मङ्गलबार राति छात्रावासमा सुतिरहेकी एक छात्रालाई बलात्कार गरेका थिए । छात्राको उजुरीकै आधारमा ठाकुरलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । यता विद्यालयका छात्रछात्रा र विद्यालय आसपासका बासिन्दाले ठाकुरमाथि कडा कारबाहीको माग गरेका छन् । प्रहरीले ठाकुरसँगको बयानपछि अदालती कारबाही तत्काल सुरु गरिने जनाएको छ । रासस
Posted on: Fri, 02 Aug 2013 06:51:40 +0000

Trending Topics



Recently Viewed Topics




© 2015