आफ्नै छात्रालाई यौन - TopicsExpress



          

आफ्नै छात्रालाई यौन दुर्ब्यबहार साउन १९ , तेह्रथुमको म्याङ्लुङ्गमा शिक्षकले छात्रामाथि यौन दुर्ब्यवहार गरेका छन् । म्याङ्लुङ क्याम्पसका शिक्षक डिल्ली निरौलाले ट्युसन पढ्न आएकी एक अपाङ्ग छात्रालाई यौन दुर्ब्यबहार गरेको पीडितले बताएकी छन् । एसएलसी पूरक परीक्षाका लागि डेल्टा ल्याङ्ग्वेज इन्ष्टिच्युटमा ट्युसन पढ्न आएकी १९ बर्षीया छात्रालाई निरौलाले बिहीबार दिउँसो यौन दुर्ब्यवहार गरेका हुन् । छात्राले शिक्षक निरौलाले यौन दुर्ब्यबहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा शुक्रबार जाहेरी दिएकी छिन् । पीडितको जाहेरीको आधारमा प्रहरीले निरौलालाई पक्राउ गरेको छ । ‘अरुले भन्दा राम्रो सिकाउछु भनेर माथिल्लो कोठामा लगी निरौलाले यौन दुर्ब्यबहार गरेको पीडित छात्राले प्रहरीसमक्ष बताएकी छन् । निरौलाले जबर्जस्ती गर्न खोज्दा आफु चिच्चाएपछि साथिहरुले थाहा पाएको उनले बताएकी छन् । जिल्लास्थित महिला अधिकारबादी संघ–संस्थाले अपाङ्ग छात्रालाई यौन दुर्ब्यवहार गर्ने शिक्षकमाथि कडा कारबाही गर्न माग गरेका छन् । महिला अधिकार मञ्चका अध्यक्ष नरमायाँ श्रेष्ठले घटनालाई तोडमोड गरी मिलाउने प्रयत्न गरिए आन्दोलनमा उत्रने चेतावनी दिनुभयो ।
Posted on: Sat, 03 Aug 2013 08:03:50 +0000

Trending Topics



Recently Viewed Topics




© 2015