आफ्नै भतिजोले गर्भ - TopicsExpress



          

आफ्नै भतिजोले गर्भ बोकाएपछि महिलाद्वारा पति बनाइदिन माग *********************************************** ओखलढुंगा, १६ असार । आफ्नै भतिजोले गर्भ बोकाएर भागेपछि ओखलढुंगा कुन्तादेवीकी एक महिलाले प्रहरीमा भतिजोलाई पति बनाइदिन माग गर्दै उजरी दिएकी छन् । कुन्तादेवी –९ साउनेकी २३ वर्षीया विश्वकर्मा थरकी एक महिलाले शुक्रबार भतिजोलाई झिकाएर पति बनाइदिन माग गर्दै उजुरी दिएकी हुन् । भतिजोले गर्भ बोकेको पाँच महिना भइसकेको उनले बताइन् । पाँच महिनापछि एकाएक भतिजो बेपत्ता भएपछि ती महिला प्रहरीमा आएकी हुन् । उनका श्रीमान एक वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा छन् । उनका दुई भाइ छोरा छन् । सासु ससुरासँगै घरमा बस्दै आएकी विश्वकर्मासँग भतिजो हेमले जिल्ला सदरमुकाम आएका बेला ललाईफकाई अवैध यौन सक्पर्क गरेको उनको दावी छ । श्रीमानले विदेशबाट पठाएको पैसा लिन सदरमुकाम आएका बेला हेमले अफिस हेर्न जाउँ भन्यो, अनि आफ्नै अफिसभित्रै लगेर नचाहँदा नचाहँदै यौन सम्पर्क गरेको उनले बताइन् । आफूले काकी भतिजाको नातामा यस्तो गर्नु हुँदैन भन्दा पनि हेमले नमानेको बताइन् । कमलाको शारीरिक अवस्था फरक देखिएपछि गाउँमा आमा समूहको बैठकमा कुरा उठेको थियो । त्यसपछि घटना बाहिर आएको महिला अधिकारको क्षेत्रमा काम गर्दै आएकी हेमकुमारी तामाङले बताइन् । उनको अहिले गाउँमा बस्न सक्ने अवस्था छैन । तामाङका अनुसार सासु ससुराले घर निकाला गरे पनि केटालाई झिकाउँदासम्मका लागि समाजमा छलफल गरी घरमै बस्ने वातावरण मिलाइएको छ । आफ्नै दाजुभाइ परेकाले हाडनाता लाग्ने भएकाले कमलाले गाउँ नै छाड्नुपर्ने स्थानीय विक परिवारले बताउँदै आएका छन् । उजुरी गर्ने ठाउँ थाहा नभएको र गर्भ नरहला भनेर त्यसबेला कतै उजुरी नगरेको पीडित विकले बताइन् । यता भतिजाको गर्भ बोक्ने बुहारीलाई घरमा राखेको भन्दै समाजले घृणा गर्न थालेकोमा सासुले दुःख व्यक्त गरिन् । बुहारी र नातिको माया त लाने पनि बुहारीको बुद्धि बिग्रनाले समाजमै बदनाम हुनु परेको उनको गुनासो छ। विदेशमा पसिना चुहाएर भए पनि बालबच्चालाई गास, बास जुटाउन छोरा मलेसिया गएका बेला यस्तो घटना सामना गर्नु परेको परिवारको गुनासो छ RSS
Posted on: Sun, 30 Jun 2013 11:54:40 +0000

Recently Viewed Topics




© 2015