आयो भाषाको अनुवाद गर्न - TopicsExpress



          

आयो भाषाको अनुवाद गर्न सक्ने चश्मा ============= ============= === r चश्माले भाषाको अनुवाद गर्न सक्ला ? सक्दैन भन्ने नै उत्तर आउनु स्वाभाविक हो । तर आँखाको सुरक्षाको लागि प्रयोग हुने चश्माको उपयोगिता अब त्यत्तिमा मात्रै सीमित रहेन । वैज्ञानिकहरुले शब्दहरुलाई अनुवाद गर्न सक्ने चश्माको विकास गरेका छन् । जापानको मोबाइल अपरेटर कम्पनि एनटीटी डोकोमोले यस्तो चश्मा बनाएको छ, जस्ले अपरिचित शब्दको सूची तयार पारेर त्यसलाई सजिलै अनुवाद गर्छ । यो चश्मा अरु साधारण चश्मा जस्तै लगाएर पनि हिँड्न मिल्छ ।‘यो चश्मा पर्यटकहरुकालागि वरदान सावित हुने छ । विभिन्न देशको भ्रमण गर्नेहरुलाई किताब, रेष्टुरेन्टका मेनु तथा अन्य दस्तावेज तुरुन्त अध्ययन गर्न सकिन्छ,’ कम्पनिले भनेको छ । यो चश्मा लगाउनेहरुले आफ्नो भाषाअनुसार अपरिचित शब्दलाई अनुवाद गर्न सक्नेछन् । कम्पनिकाअनुसार यसलाई जापानको एक कन्जुमर इलेक्ट्रोनिक शो सीटेक–२०१३ मा प्रदर्शन गरिने छ ।
Posted on: Tue, 08 Oct 2013 04:04:08 +0000

Trending Topics



Recently Viewed Topics




© 2015