एउटा गाँउमा एउटा घमन्डि - TopicsExpress



          

एउटा गाँउमा एउटा घमन्डि केटि रहिछ केहि काम नगर्ने त्यसैले कसैले बिहे गरेनछन । एक दिन एउटा केटाले केटिको बाउलाइ तिम्रो छोरि म बिह ेगर्छु भनेछ । केटिको बाउले मेरो छोरि केहि काम गर्दिन खाना पनि बनाउदिन फेरि म दाइजो दिन पनि सक्दिन भनेछ! केटाले भनेछ दाइडोमा 1 कुकुर 1 बिरालो 1 खुकुरि दिय पुग्छ भनेछ! अब केटाले काम नगर्ने अल्छि केटी बिहे गर्यो! बिहे गरेको भोलि पल्ट बिरालोलाइ अगाडि राखेर खुकुरि देखादै भनेछ म अहिले कममा जान्छु भरे म आउदा तैँले खाना तयार पार्नु पर्छ नत्र तँलाइ यो खुकुरिले दुइटुक्रा पार्छु भनेछ! दिउसो उ कामबाट फर्कदा बिरालोले खाना पकायनछ उसले बिरालो काटेर फालेछ! भोलिपल्ट त्यसैगरि कुकुरलाइ काम लगायछ कुकुरलेपनि खाना नबनायपछि कुकुर काटेर फालेछ! पर्सि पल्ट उसले श्रीमतिलाइ भनेछ आज तँ खाँना पका नत्र तेरो हालत पनि कुकुर र बिरालोको जस्तो होला! उसकि श्रीमतिलाइ डर लागेछयो मान्छे खतरा रैछ अब यसले भनेको नमाने मलाइ पनि काट्छ भनेर सबैकाम गर्न थालिछ!
Posted on: Thu, 11 Jul 2013 17:13:33 +0000

Trending Topics



Recently Viewed Topics




© 2015