एउटा गभ्भिर विषय देशका - TopicsExpress



          

एउटा गभ्भिर विषय देशका राम्रा भनिएका विद्यालयहरु विकशित देशका लागि जनशक्ति उत्पादन गर्ने फ्याक्ट्री बनेका छन्। देशको स्थिति यस्तो छ कि त्यस्ता विद्यालयबाट उत्पादन भएका जनशक्ति अधिकांश चाहेर पनि नेपाल फर्किन सक्दैनन्। देशको अदक्ष्य र अर्धदक्ष्य जनशक्ति पनि दिनको १,५०० को दरले श्रमको खोजिमा बिदेश गैरेहेका छन्। राजनीतिमा टायर बाल्नेहरूको हालिमुहाली छ। राजनीति गर्ने र टायर नबाल्नेहरू ओझेलमा परेका छन्। अनि, राजनीति नगर्नेहरू चाहिं त्यही आगोमा सल्किनु पर्ने हो कि भन्ने डरले बाहिर बसेर मैं जसरी गनगन गरिरहन्छन्। राजनीति मूल नीति। राजनीति नसप्रिकन अन्य पक्षहरू सप्रिंदैन। तर नकरात्मक परिस्थितिहरूको यस्तो एउटा चक्र निर्माण भएको छ कि त्यसलाई तोड्न धेरै कठीन देखिन्छ। के गर्ने होला? मेरो मनमा पनि केही कुराहरु छन्। फुर्सद पाउंदा बेलाबखत लेख्ने नै छु।
Posted on: Sun, 14 Jul 2013 09:56:16 +0000

Trending Topics



Recently Viewed Topics




© 2015