एउटा सत्य प्रेम कथा "माया - TopicsExpress



          

एउटा सत्य प्रेम कथा "माया त माया हो" पुर्वी नेपालको ईलाम र पांचथर को सिमानामा पर्ने रवी भन्ने ठाउंमा जन्म भयो मेरो। मेरो नाम रितेश हो,6 कक्षामा पढ्दा उनी संग भेट भो मेरो दुर्गा मा.बी. मा उनको घर ईलाम कै लुम्दे भन्ने ठाउंमा पर्छ। उनको नाम अनु हो। हाम्रो साथीको नाता बिस्तारै मायामा परिणत भयो हामी एक अर्कालाई औधी माया गर्थ्यौं। तर हामी बिचमा दुई वटा पर्खाल थिए। एउटा जात र अर्को धनि गरीबीको। म राई परिवार को छोरा उनि क्षत्री की छोरी म गरीब केटा उनि धनीकी छोरी, हामी दुवै जनाले 2059/60 को एस एल सी परीक्षा पनि पास गर्यौ । उनी दमक झापा को मोडल कलेज पढ्न गईन म गाउंमै कुटो कोदाली मा अल्झिएं कारण मेरो गरीबी, समय मिलाएर उनलाई भेट्न दमक झर्थे। मेरो याद आए पढाई लाई नै छोडेर गाउं आईपुग्थीन। म गाली गर्थे लाटी तिमी किन यसरी पढाई छोडेर नी आउने हो म तिमीलाइ माया गर्छु मेरो विश्वास गर राम्ररी पढ। समय बित्दै जादां गरीबीको बोझ कम गराउने झिनो आशा मनमा राखेर बिदेशिने बिचार गरे। उनी धेरै रोईन कराइन। मैले उनलाई त जसोतसो सम्झाए तर मलाई एउटै कुराको डर थियो , उनको परिवार को, किनकी अनु को परिवार मलाई रुचाउदैनथे र हाम्रो माया प्रेमको कुरा चालपाईसकेका थिए। तर पनि दैवको लेखालाइ सिरोपर गर्दै म 2063 असारमा थाई एयरलाईन्स मा मलेशिया पुगें। भाग्यवस कमाई पनि राम्रै थियो। फोनमा हाम्रो कुरा हुन्थ्यो त्यती बेला मोबाईल फोन एेले जस्तो थिएन, कुरा गर्न पि सि ओ मा बोलाउथे, नत्र प्राय चिठी नै लेख्थ्यौ हामी। 2064 को अन्त्य तिर उनले मोबाईल किनेर मलाई फोन गरिन त्यसपछि त हामी फोनमा घण्टौ घण्टा कुरा गर्थ्यौ। समय बित्दै जांदा 2065 मंसिर 11 गते नेपाली समय अनुसार रातको 9:32 मिनेटमा उनको फोन आयो मलाइ आजै जस्तो लाग्छ उनले भनेको शब्द रितेश हजुर छिटो घर आउनुहोस continue reading
Posted on: Sun, 18 Aug 2013 11:54:42 +0000

Trending Topics



Recently Viewed Topics




© 2015