एन आर एन बेलायत दुईवटा - TopicsExpress



          

एन आर एन बेलायत दुईवटा हुने ! ● दधिराज घिमिरे / रिडीङ, बेलायत nrn-uk-01 एनआरएन जननी भुमि बेलायत हो । अरु देशको एनआरएन भन्दा यो देशमा परिस्थिति फरक छन । तहि फरक परिस्थितिमा संसारहरुका एन आर एनहरुमा असहज परिस्थितीहरुको सामाना गरिरहेको अहिलेको परिस्थितीमा बेलायत पनि अछुतो रहन सकेन । अगष्ट १७ मा सदस्यस्ता फर्म भर्ने अन्तिम दिन बेलायतको रेडीङ्गमा रहेको कार्यलयमा फर्म दर्ता गर्ने क्रममा देखिएको असहज परिस्थितीले र निर्वाचन आयोगले देखाएको गलत रबैयाले बिवाद भएको हो । बिवादले दुई एन आर एन बनाउने सम्मको बिषयमा चर्को रुपमा उठेको थियो । दर्ता नभएका सदस्यहरुको भेलाले अर्को एनआरएन १५ सेप्टेम्वरकै दिन भेला गर्नुपर्छ भन्ने आवाज उठेको छ । सडकमा उठेको बिषयले साच्चै रुपधारणा गरेमा अर्को एनआरएनको जननी हुने मौका पनि बेलायतले पाउने छ । एघार हजार सदस्यहरुको फर्म कार्यलयको ढोकाबाट फिर्ता भई सदस्य हुनबाट बञ्चित हुनु भनेको सायद अन्य कुनै देशमा भएको छैन । यि सबै सदस्यहरुलाई बेवास्ता गरीयो भने सडकमा उठेका आवाजले सांगठानिक रुपधारणा गर्ने छैन भन्न सकिदैन । यि सदस्यहरुको सदस्यता हुन पाउने अधिकारमा एनआरएनको अहिलेका कार्य समितीले आज निर्वाचन कार्यलय अगाडी जस्तै बेवास्ता गर्ने हो भने संपुर्ण बेलायतबासी नेपालीले एनआरएनलाई बेवास्ता गर्ने परिस्थिती आउदैन भन्न सकिदैन । एन आर एन बेलायतले बेलायतको समाजलाई बिभाजन गर्दै छ भन्ने सन्देस बेलायत तथा अन्य मुलुककाप्रवाशी नेपालीहरुमा पर्न सक्नेछ । जनतालाई सुचनाको हकवाट बञ्चित गर्ने जस्तो कार्यले बेलायत जस्तो मुलुकमा जनतालाई रैतिको स्थानमा देख्ने नेपाली सामन्ति प्रबृद्धीनै एनआरएनजस्तो प्रवाशी नेपालीहरुको साझा संगठन भित्र रहेकोले आउने दिनमा यो कार्यलाई ध्यान दिनेकुरामा बेलायतबासी नेपालीहरुको माग रहेको पाईयो । बेलायतमा लगभग एक लाख भन्दा बढिको सख्यांमा नेपालीहरु रहेको अनुमान गरीन्छ । अहिलेसम्म एनआरएनमा जम्मा तिन हजारको हाराहारीमा मात्र सदस्यहरु रहेको थियो । बिगतको चुनावमा केहि हद सम्म मिलीजुलि गरेरनै एनआरएन बेलायतले आफ्नो परिचय दिएको थियो । तर यो पटक बिगतमा भएको संझौतालाई अहिलेको कार्य समितीलेनै उल्घंन गर्दै सहमतिय बातवरणलाई बिगारेको हो भन्ने बिषयमा बेलायतबासीहरुको गुनासो पाईन्छ । nrn-uk-3 उमेद्धारको नाम दर्ता भईसकेको नभए पनि बिभिन्न पार्टीको समर्थन र ति पार्टीका निर्णयबाट अहिलेसम्म तिन जना अध्यक्षको उमेद्धवारी घोषणा भएको थियो । चुनावी सरगर्मिसंगै सदस्यता बनाउने होडबाजी यसरी बढ्यो की दश पाउण्ड राखिएको सदस्यता शुल्कलाई निशुल्क भरियो र अध्यक्षका प्रत्यासीहरुलेनै सदस्यता शुल्क तिर्ने काम भयो । सदस्यता सोचेभन्दा यति धेरै भयो की बिगतको तिन हजारको हारारीमा भएको सदस्य लगभग १७ हजारको हाराहरीमा पुग्ने अनुमान गरीयो । सदस्य सुल्क उमेद्धारहरुले तिर्ने प्रकृयाको जनस्तर देखीनै बिरोध रहन गएको थियो । यहि प्रकृयागत त्रुटीनै एनआरएन बेलायतको बिवादको मुख्य चुरो थियो । किनकी पैसा नहुनेले एनआरएनको नेतृत्वको कल्पना भन्दा बाहिरको बिषय बन्दै जानु प्रवाशी नेपालीहरुको भावानाबिपरीत थियो जुन एनआरएन बेलायतले रोक्न सकेन । एक अध्यक्षको प्रत्यासीले जित्नकालागी थोरैमा पनि ६ हजारको हाराहारीमा सदस्य बनाउनु पर्ने र त्यसको लागी लगभग साट्ठी हजार पाउण्ड सदस्य शुल्क मात्रै लाग्ने हुनाले र अन्य खर्च जोड्दा लगभग एक लाख पाउण्डको हाराहारीमा खर्च हुनेदेखिन्छ । अव बेलायत एनआरएनमा पैसा हावी भयो भन्नेनै बेलायतबासी नेपालीहरुको मुख्य चिन्ता हो । एनआरएन बेलायतमा पैसा नभएका तर बुद्धी र बिबेक भएकाहरुले पनि स्थान पाउने बातवरण निर्माण हुनु पर्यो भन्ने बिषयनै अहिलेको मुख्य चिन्ता हो । यसका साथै एनआरएन सबैको साझा भन्ने गरिन्छ । तर ब्यावाहारमा ठिक उल्टो रहेको पाईयो । किनकी आमुक संगठनका सदस्यहरुले यो संस्थालाई आफ्नो पकडमा राख्न खोज्नुले पनि बिवादले भित्रिरुपमा ठाउँ पाएको हो । nrn-uk-02 किन भयो सदस्यता फर्म दर्ता बहिस्कार चुनावको सदस्यता भर्ने अन्तिम दिन बेलायतको रिडिङस्थित निर्वाचन कार्यालयमा लगभग दुई सयको हाराहारीमा उपस्थित नेपालीहरु सिमसिमे पानिमा भिजेरै भए पनि सदस्यताको लागीलाम बद्ध थिए । एक जनाले १०० फर्म भन्दा बढी दर्ता गर्न नपाउने नियम निर्वाचन आयोगले बनाएको थियो । लगभग ५० जनाको हाराहारीमा फर्महरु लिएर उभिएका थिए भने एक जना दाजुले लौ न मलाई १५ जना चाहियो १५ सय फर्म छ भनेर खोज्दै हुनुहुन्थ्यो । यसरी एउटा उत्साह जस्तै देखीने गरी कामहरु अगाडी बढेको देखीनथ्यो । म आफु अध्यक्षको प्रत्याशीसंगै अलि बढी केन्द्रित थिएँ । उहाँहरु मध्ये दुई जना प्रत्यसीहरुलाई मैले पुरै समय चिन्तित रहेको पाएँ । यो चिन्ता कि त एकता गर्ने भन्ने बिषयमा छ कि त आर्थिक सवालमा छ भन्नेमानै लाग्यो । तर एकाएक अध्यक्षको प्रत्यासी महेन्द्र कंडेलले कार्यालयबाट निस्कँदै निर्वाचन आयोगलाई भरोसा गर्न सक्ने कुनै पनि आधार देखीएन भन्नुभएको थियो । फर्म बुझाउन लाईनमा बस्ने संपुर्णले फर्म फिर्ता दिए । फर्म महेन्द्र कंडेल र सुर्य नेमाङ्गले फिर्ता लिनुभएको थियो । यसरी यो दुबै जनाले फर्म दर्ता कार्यक्रम नै आफुहरुको तर्फबाट स्थगित गरेको जानकारी दिनुभएको थियो । यि दुबै जनाले एघार हजार सदस्यले सदस्यता फर्म भर्न बहिस्कार गरेको जानकारी दिनुभएको थियो । के भन्छन त तिनै जना अध्यक्षका प्रत्यासिहरु योगेन बाहादुर क्षेत्रि “मेरो मुख्य बिषय भनेको मिलेर जाउं भन्नेनै नै हो । साथिहरुले फर्म बुझाउनु होस म सहमतिकोलागी बार्ता गर्न तयार छु भन्नुभयो ।” लाग्दथ्यो उहाँ साँच्चैनै एनआरएन बिवाद रहित रहोस भन्नेमा निकै चिन्तित हुनुहुन्थ्यो । जुन संभावाना भन्दा बाहीर पुगिसकेको करिव निश्चित छ । महेन्द्र कंडेल “सहमतिको बिषयमा कुरा गर्दा बेलायतका हरेक नेपालीलाई एउटा बिषयमा मात्रै के थाहा छ भने गएको कार्यकालमा सहमतिकालागी कस्ले कती गर्यो भन्नेनै मुख्य हो । मैले एन आर एनलाई सहमतीकोलागी गरेको योगदानलाई एनआरएनको मुख्य मर्म हो भनेर बुझ्न नसक्नुनै सहमतिको बाधक हो । अहिलेको बिवाद भनेको निर्वाचन आयोगनै आफुलाई हाराउनकोलागी परेको प्रमाण र तथ्यहरु रहेकोले बेलैमा सचेत हुदैं आयोगको बिस्तार गर्दै सबैको बिश्वासको बातवरण बनाउनको लागी आफुले माग गरे पनि यो बिषयमा छलफलनै गर्न नखोज्नुनै मुख्य प्रमाण रहेको बताउनु भयो ।” सुर्य नेम्वाङ “सहमती भन्दा पनि एनआरएन बेलायतको लिने नितीको बिषय मुख्य हो । सदस्य बनाउने बिधिमा मन परेको छैन । पैसा हुनेले मात्र चुनावमा जाने प्रकृया गलत छ । एनआरएन बेलायत दुई वटा बन्ने छ हामी त्यही प्रकृायामा जानेछौं । ” आज बेलायतमा बाहिर भाषणहरु भए बहिस्कार गर्नेहरुले आफुहरुसँग एघार हजार सदस्य रहेको र एघार हजार सदस्यले सदस्य भर्नबाट बाहीरीएको जानकारी दिदै गाडीहरुमा फर्महरु देखाउँदै थिए । तर भित्र के भएको छ पत्रकारको हैसियतले जानकारी पाउँ भन्दा भित्र जाने अनुमति दिईएन । फर्म भर्ने समय सकियो भनेर भनियो । तर कति फर्म दर्ता भए भनेर भनिएन । यो प्रकृयाले निर्वाचन स्वछ नहुनेनै रहेछ भन्ने जनायो । त्यहाँ त्यत्रो बिवाद भएको छ । एनआरएन बेलायतका सदस्यहरुले मिलाउने कुनै पहल गरेको पाईएन । बिवाद सामाधान गर्नको लागी कमसेकम पहल हुनुपर्छ । एकआर्कालाई हिलो छ्याप्ने प्रबृद्धीले बेलायतमा प्रसस्त ठाउं ओगोटेको पाईयो । बेलायतमा नेपालीहरुको चिन्ता भनेको एन आर एन बेलायत साझा संगठन होस मात्र केहि पार्टीको कठपुतली नबनोस भन्ने रहेको छ । यो बेलायतबासीको चिन्तालाई कसरी लिने छ भन्ने बिषयमा अहिलेको बिवादलाई सामाधान गर्ने बिधीमा भरपर्ने छ । यदि दुई एन आर एन बेलायत बिभाजित भयो भने कुनलाई आधिकारीक एनआरएन मान्ने अन्योल छ । किनकी एउटा पक्षसगं चार पांच हजार सदस्यता छ भने अर्को पक्षसगं दश एघार हजार सदस्य छ भन्ने दावी रहेको छ । यो दुई दावीलाई एकता गर्ने दुरदर्शिता अहिलेको कार्य समितीमा छ की छैन मुख्य चुनौति बनेको छ । (समाचार स्थलगत रिपोर्ट तथा बिश्लेषक क्रान्तिकारी पत्रकार संघ,यूरोपका संयोजक हुन्) सम्बन्धित सामाग्रीहरु प्रकाशित मिति: August 18, 2013 2:19 am प्रतिक्रियाहरू: नासिर August 18, 2013 at 11:09 am हे ल !! क्या काइदा !! राम्रो भएछ। बेलायतका ले बाटो खोलि दिएछन। अब पालो पाँच जना नेपाली को ५० ओटा संस्था भएको देश बेल्जियम को त होला नि । यस्तो कामहरुमा त बेल्जियमबासी नेपालीहरु अगाडी हुनु पर्ने कहाँ बाट बेल्जियमका नेपालहरु चुकेर बेलायतले उछिट्याए छ ?? मन परो वा परेन: Thumb up 11 Thumb down 0 [Reply] tharka sen August 19, 2013 at 12:44 am Dear Editor jiu Namaskar Thank you for news but your full information looks missing. As a longest serving member of NRN UK, since its birth, member -current Vice President, and candidate of President NRN UK, I was there whole day on 17th Aug 13 and I seen what happened. I know whats happening since birth of NRN UK. Mahendra ji came as vice president of NRN UK twice in agreement to stay as a VP but no one was agreed for President. He did nothing at all in his 2 terms of VP accept holding the post. We had meeting and talks for agreement of president without voting but he was only one to reject proposal from 4 of us. He vowed to fight in votes. He is him self VP of current committee but he complains decision of his own committee because he want to take all rules and regulation on his own hand. He asked to add 2 election commission member which was agreed but didn’t send their names. He said, he sent names of Ganesh Ijam ji and Chandinka Rai but that names hasn’t reached to NRN committee nor election commission to date today. I asked those 2 gents about this all situation but they said, they haven’t heard any thing at all about this. Whats lie and shame. I remember a Nepali Ukhan (HARNE GORU KO CHHERNE DAAU) if he want to be president of NRN UK, fight like a man otherwise why do you cry like a 2 year old baby or forget the dream to be a President NRN UK, I left the game of to be a President of NRN Uk to Mahendra ji because he was crying and dying for it but I wanted to save future of NRN UK If he would like to oppose about all of this process, why he didn’t do at the beginning of registration. Why he was waiting to oppose at end of finishing time. Therefore I kindly request to all NRN UK that please stay unite as a Nepali (UNITE STAND, DIVIDE FALLS) that Mahendra ji only want to divide the NRN UK, if he is not able to take all NRN rules and regulation on his own hands only, like in Nepali politics. If You cant follow your own rule created by you, how you can be the president of NRN and its leader मन परो वा परेन: Thumb up 11 Thumb down 1 [Reply] Prakash Gurung August 19, 2013 at 12:37 pm I don’t blame the NRNA committee and election committee. Question is here, every one should know about how to become a member and fees. The membership fees have paid by candidate is totally unacceptable. If you are NRN, I think you are able to pay at list 10 pounds yourself. If 10 pounds is too much why that matter hasn’t raised and discussed. I only had a hope when Dr. Mahato came our home (Gurkha Bhawan) and give a talk about dual citizenship. NRN activities don’t fulfill our dream anymore. Once you use our motherland politics then successes are very rare. This is a challenging time for true intellectual (Like Prof. Subedi) persons to calm down the situation in the UK. If they keep quit and blaming the grass route people then your experience and qualification will remain for your personal use only. This is time to unit Neplalis in the UK to prove NRN is an organic organization. मन परो वा परेन: Thumb up 5 Thumb down 0 [Reply] tharka sen August 20, 2013 at 12:58 am आदर्णीय समस्त नेपाली तथा नेपाली सस्था युके नमस्कार औदा केही दिन हरुमा तपाईं हरु सबैलाई सर्ब बिदितै छ होल कि गैर आबाशिये नेपाली संघ युके को चुनाबी महोल को चाहल पहल। गैर अबाशिये नेपाली संघ युके सबै नेपाली को साझा सस्थ भएको हुनाले एस सस्थ मा कुनै पनि राजनीतिक, धार्मिक, जतिय साथै ब्यापारीक मान्नेता बिना चल्ने सस्थ भएको जानकारी गरानन्द छु। एस सस्था को मान र मर्यद लाई बुजी, एस सस्था को जन्म काल देखी बिभिन्न ओहोदमा बसी, बिभिन्न किसिम्को सस्थगत काम गरी, आउदो १५ सेप्टेम्बर १३ को चुनाव को लागि पनि, एस सस्था को अन्तिम पोस्ट प्रेसिडेन्ट को लागि उम्मेद्बारी पनि दिएको थिए। सस्थाको असाध्यै अनुभबी सदस्एको आधारमा, एस सस्था को भबिस्ये लाई अझै उज्यालो दिशातिर बढाउन सक्छु भन्ने आत बोकी घोषणा पत्र पनि प्रस्तुत गरेको थिन्ये, जो बिस्वो भरिक एन र एन ले पनि मान्यता दिनुभएको छ। एस्को लागि सहमति जुतौने क्रम्मा, भु पु प्रेसिडेन्ट साथै सम्रछेक प्रोफेसर सुर्य सुबेदिको उपस्थिती मा, उच्य स्तरिये शाहसह्मतिमती प्रयास पनि भएकै थियो जस्मा महेन्द्र कंडेल बहेक अरु साथीहरुले मेरो पक्छेमा शहमती दिनुभएको थियो। तर महेन्द्र जि ले चुनावनै लदेर भये पनि प्रेसिडेन्ट लिने तर शहमती नगरने पक्का गरे पछी, मैले पनि चुनाव गरेर यस्तो पवित्र सस्थ को भबिस्ये मेरो करण बाट नबिग्रोस भन्ने बिचार ली अधक्छेको चुनाबी मैदैन बाट अलिक पर बसेको छु। मैले जुन बिचार ले सस्था को भबिस्ये नबिगारऔ भन्छु तर केही साथीहरुले आफ्नो ब्यक्तिगत स्वर्थ्को लागि सस्थलाई खतरनाक दिशा तिर ढकाली रहेको देख्छु। यो चाँही हामी सबै गैर आबसिये नेपाली युके को लागि दुर भागये हुँदै छ। मत भन्छु यस्तो सस्थगत पोस्ट मा सस्था र सस्था सदस्एहरुले खुशीले दिएको खन्दमा, खुशीले लिने हो र खुशीले काम गर्ने हो। मलाई लाग्छ कि कोही पनि ब्यक्ती सछेम छन भने समाजले आँफै खोज्छन र इज्जेत पनि आँफै दिछन। मान र मर्यद भन्ने कुरा रोएर, मागेर , र किनेर लिने अथवा दिने कुरै होइन। यो कुरा हामी सबैले बुज्न अतेन्तै जरुरी छ । त्एसैले सबै नेपाली तथा नेपाली समाज सँग बिनम्र अनुरोध छ कि अहिले को महोल मा असाध्यै अन्योल्को समाचार हरु चलिरहेक छन, एस्लाई वस्तै नगरि नेपाली एकतको समर्थन गर्नुहोला। एकता सदैब अदिग रहने छ भने बिभजन हरएरा जनेछ बाटो को धुलो जस्तो युकेको एन र एन दुइतहुने भन्ने चन्ही बिल्कुल असत्ये हो जस्मा केही असद्यै असभ्ए, असछ्छेम र अप्रज्तान्त्रिक ब्यक्तिहरुले, आफ्नो पक्छेमा सहयोगी हरु नदेखे पछी बोलेका शब्दहरु हुन जस्ल नेपाली उखानमा भनिन्छ ” हार्ने गोरुको छेर्ने बानी” थर्क सेन भाइस प्रेसिडेन्ट एन र एन युके मन परो वा परेन: Thumb up 2 Thumb down 0 [Reply]
Posted on: Tue, 20 Aug 2013 07:16:56 +0000

Trending Topics



Recently Viewed Topics




© 2015