एनसेलको फेसबुक - TopicsExpress



          

एनसेलको फेसबुक प्याक काठमाडौ, कार्तिक २१ - एनसेलले पहिलो पटक एप्लिकेसनमा आधारित प्याकेज (योजना) सार्वजनिक गरेको छ । सामाजिक सञ्जाल फेसबुकका लागि कम्पनीले यस्तो योजना ल्याएको हो । यस्तो प्याकेज खरिद गर्दा तोकिएको एप्लिकेसनको सुविधा छुट्टै खरिद गर्न सकिन्छ । कम्पनीका अनुसार ग्राहकले न्यूनतम प्रतिएमबी ५० पैसासम्ममा फेसबुक प्याक अन्तर्गत सामाजिक सञ्जाल चलाउन पाउनेछन् । कात्तिक २१ गतेदेखि ग्राहकले दैनिक, साप्ताहिक वा मासिक फेसबुक प्याक लिन सक्ने जनाइएको छ । दैनिक प्याकअन्तर्गत ग्राहकले ९ रुपैयाँ -करबाहेक) मा १० एमबी बराबरको प्याकेज प्राप्त गर्न सक्नेछन्् विज्ञप्तिमा भनिएको छ, यो प्याक खरिद गरेको २४ घन्टासम्मका लागि मान्य हुनेछ । सात दिन चल्ने साप्ताहिक प्याकमा करबाहेक ४९ रुपैयाँमा फेसबुकका लागि ७० एमबी पाउनेछन्् । मासिक प्याक खरिद गर्ने ग्राहकले करबाहेक १ सय ४९ रुपैयाँ बुझाउनुपर्नेछ । जसमा फेसबुकका लागि ३ सय एमबी डाटा उपलब्ध हुनेछ । प्याक मोबाइलमा मात्र लागू हुने र फेसबुकको आधिकारिक एप्लिकेसनबाट चलाउनुपर्ने कम्पनीले जनाएको छ । फेसबुक प्याकबाट स्टाटस अपडेट गर्न, कुराकानी गर्न, तस्बिर तथा भिडियो अपलोड गर्न, लाइक तथा कमेन्ट गर्न र फेसबुकभित्रै रहेको भिडियो हेर्न सकिन उल्लेख गरिएको छ । तर फेसबुकमा राखिएको लिंकबाट अर्को वेबसाइटमा गए नियमति इन्टरनेट शुल्क लागू हुने कम्पनीले जनाएको छ । योजनालेे हाम्रा ग्राहकलाई सुलभ दरमा आफ््ना निकटजनसँग सम्पर्कमा रहन र आफ््ना विचारहरू अभिव्यक्त गर्ने अवसर प्रदान गर्नेछ, एनसेलकी कर्पोरेट कम्युनिकेसन निर्देशक सञ्जु कोइरालाले भनिन्, यसले हाम्रा सम्पूर्ण ग्राहक लाभान्वित हुने विश्वास हामीले लिएका छौं । (News From ekantipur)
Posted on: Sun, 10 Nov 2013 00:48:41 +0000

Trending Topics



Recently Viewed Topics




© 2015