एमाओवादी उम्मेदवार - TopicsExpress



          

एमाओवादी उम्मेदवार पासाङको घरमा बम भेटियो १७ कात्तिक, काठमाडौं । काठमाडौं ४ का एमाओवादी उम्मेदवार नन्दकिशोर पुन पासाङको घरको गेटमा प्रेसर कुकर बम भेटिएको छ । साँझ ७ बजेतिर फेला परेको बम २ घण्टापछि नेपाली सेनाको बम डिस्फोजल टोलीले निश्कृय पारेको छ । कपनस्थित घरको पश्चिमी गेटमा फेला परेको बम शक्तिशाली भएको सैनिक स्रोतले जनाएको छ । एमाओवादी नेता पासाङ देउसी खेल्न घरबाट निस्कनासाथ अज्ञात समूहले बम राखेर भागेको बताइएको छ । बम भेटिएको खबर आउनासाथ घर फर्किएका पूर्व लडाकू कमाण्डर पासाङले आफैं निश्कृय पार्न खोज्दा परिवारका सदस्यले रोकेका थिए । लगतै बौद्ध प्रहरीका डीएसपीलाई खबर गरिएको थियो ।
Posted on: Mon, 04 Nov 2013 00:20:01 +0000

Trending Topics



/a>
I am watching a documentary featuring the life style of the Amish

Recently Viewed Topics




© 2015