एमाओवादीमा प्रचण्ड भावी - TopicsExpress



          

एमाओवादीमा प्रचण्ड भावी राष्ट्रपति, प्रधानमन्त्रीमा अन्यौल दुई ठाउँमा उठ्न बाबुरामले नदिएको नारायणकाजीको गुनासो १३ असोज । एकीकृत नेकपा माओवादीभित्र आगामी चुनावमा भावी प्रधानमन्त्री कसलाई घोषणा गर्ने भन्नेमा अन्यौल देखिएको छ । यही विवादका कारण बरिष्ठ नेता नारायणकाजी श्रेष्ठको चुनावी क्षेत्र तय हुन सकेको छैन । प्रचण्ड, बाबुराम र पोष्टबहादुर बोगटीको भने आइतबारै उमेद्वारी घोषणा गरिएको छ । ‘नारायणकाजी श्रेष्ठले बारा-६ र मकवानपुर-२ बाट प्रत्यक्षतर्फ उमेद्वारी माग्नुभएको थियो, तर बाबुरामजीले विरोध गरेका कारण आइतबार उहाँको उमेद्वारी घोषणा नभएको हो ।’ – नारायणकाजी निकट एकजना एमाओवादी नेताले अनलाइनखबरसँग भने,’ बाबुरामजी प्रचण्ड र आफूमात्रै दुईवटा चुनाव क्षेत्रमा लड्नुपर्छ भन्ने पक्षमा हुनुहुन्छ ।’ आइतबार घोषणा गरिएको ४० सीटको उमेद्वारीमा प्रचण्ड र बाबुरामका लागि दुई-दुई क्षेत्र छुट्याइएको छ । प्रचण्डलाई काठमाडौं १० र सिरहा ५ छुट्याइएको छ भने बाबुरामलाई गोरखा १ र रुपन्देही ४ को उमेद्वार बनाइएको छ । पूर्वमहासचिव पोष्टबहादुर बोगटीलाई एउटामात्रै क्षेत्र छुट्याइएको छ । आफू पनि पार्टीको उपाध्यक्ष भएकाले प्रचण्ड र बाबुरामलाई जस्तै दुईवटा क्षेत्रमा चुनाव लड्न दिइनुपर्ने नारायणकाजीको माग रहेको उहाँनिकट स्रोतले अनलाइनखबरलाई बतायो । ‘उहाँ पनि बाबुरामजीजस्तै पूर्वउपाध्यक्ष नै हो, उहाँले दुईवटा क्षेत्र किन नपाउने ?’ स्रोतले भन्यो । भावी राष्ट्रपति र प्रधानमन्त्रीको दाऊ दुईवटा चुनाव क्षेत्रमा लड्ने नेतालाई माओवादीभित्र भावी राष्ट्रपति र प्रधानमन्त्रीका रुपमा हेरिएको स्रोत बताउँछ । घोषणापत्रको मस्यौदा गरिरहनुभएका डा. भट्टराई चुनावअघि नै भावी प्रधानमन्त्री र भावी राष्ट्रपति तोकेर जनतामा मत माग्न जानुपर्ने पक्षमा रहेो एमाओवादी स्रोतले बतायो । यसका लागि उहाँले प्रचण्डलाई भावी राष्ट्रपति र आफूलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्न चाहेको नारायणकाजी पक्षको आरोप छ । तर, नरायणकाजीले दुई ठाउँमा चुनाव लडेर जितेमा भावी प्रधानमन्त्री बन्न सक्ने भएकाले भट्टराईले यहाँको बाटो छेक्न खोजेको काजी निकट स्रोतको बुझाइ छ । यो दुश्प्रचारको अर्को कडी हो : भट्टराई आफूले काजीलाई रोक्न खोजेको या आफैं प्रधानमन्त्री बन्न खोजेको भन्ने नारायणकाजी पक्षका नेताहरुको आरोपलाई डा. भट्टराईले दुश्प्रचारको संज्ञा दिनुभएको छ । ‘यो दुश्प्रचारको अर्को कडी मात्र हो ।’- भट्टराईले अनलाइनखबरलाई संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो । अरु पनि छन् नारायणकाजीका असन्तुष्टि नारायणकाजी पक्षका नेताहरुले जनाएअनुसार उहाँको उमेद्वारी घोषणा नहुनुमा अरु पनि कारणहरु छन् । देशैभरिको उमेद्वारी चयनमा प्रचण्ड र बाबुराम पक्षले आफ्नो पक्षका नेताहरुलाई भेदभाव गरेको गुनासो काजी पक्षको रहेको स्रोत बताउँछ । महिला नेतृ सीता पोखरेलले तनहुँ या जुनसुकै जिल्लाबाट भए पनि प्रत्यक्षमा चुनाव लड्छु भन्दा नदिइएको, खोटाङमा दूर्गाजयन्ती राईलाई नदिने प्रयास गरिएको र पूर्वएकताकेन्द्र पक्षधर नेताहरुलाई पाखा लगाउने प्रयत्न गरिएको आरोप नारायणकाजी पक्षको रहेको छ । यद्यपि आइतबार दूर्गाजयन्ती राईको नाम खोटाङ १ का लागि घोषणा गरिएको छ ।
Posted on: Sun, 29 Sep 2013 16:48:11 +0000

Trending Topics



Recently Viewed Topics




© 2015