काठमाडौं, कार्तिक ४ - - TopicsExpress



          

काठमाडौं, कार्तिक ४ - राजधानीमा मर्निङवाकका लागि घरबाट निस्किएका व्यक्ति १२ दिनदेखि सम्पर्कविहीन भएका छन् । काठमाडौंको जोरपाटी नयाँबस्ती घर भएका नेपाली सेनाका अवकाशप्राप्त सुबेदार मेजर होमबहादुर थापा बेपत्ता भएका हुन् । उनी गत असोज २४ मा बिहान घरबाट मर्निङवाकका लागि निस्किएको उनका भाइ सेवक थापाले बताए । थापाका अनुसार घरबाट हिंडेको दिन साँझ ६ बजे उनले घरमा फोन गरेर आफूलाई कसैले अञ्जान ठाउँमा ल्याइपुर्‍याएको बताएका थिए । मेरो खुट्टामा चप्पल पनि छैन, म कुन ठाउँमा छु थाहा छैन भन्नुभएको थियो, उनले भने, उहाँ जान सक्ने सम्भावित ठाउँमा खोजी गरिसक्यौं केही खबर छैन । उनीहरूले महानगरीय प्रहरी परिसर र अपराध महाशाखामा थापा हराएको उजुरी दिएका छन् । प्रहरीले उनको खोजी भइरहेको जनाएको छ ।
Posted on: Sun, 20 Oct 2013 18:12:00 +0000

Trending Topics



Recently Viewed Topics




© 2015