कोरिया जान नपाएका - TopicsExpress



          

कोरिया जान नपाएका युवाहरुको प्रर्दशन बुटवल २२ असार । कोरियन भाषा पास गरेर पनि कोरिया जान नपाएका युवाहरुले आज बुटवलमा प्रर्दशन गरेका छन् । रुपन्देही तथा आसपासका जिल्लाका पिडित युवाहरुले आफुहरु कोरियाजन पाउनु पर्ने लगायतका माग राख्दै बुटवल बजार प्रर्दशन गरेका हुन् । उनिहरुले आफ्ना मागका विषयमा नेपाल स्थित ईपिएस शाखा, नेपाल सरकार लगायत सरोकारवाला निकायले बेलैमा सम्बोधन नगरे बन्द हड्तालका कार्यक्रमहरु समेत ल्याउन बाध्य हुसने बताएका छन् । बुटवलको राजमार्ग चौराहबाट शुरु भएको ¥यालीले बुटवल बजार परिक्रमा गरि पुष्पलाला पार्कमा पुगेर सभामा परिणत भएको थियो । सो अवसरमा उनिहरुले दुई बर्षदेखि आफुहरु कोरिया जान भन्दै भएका जागिर छोड्नु परेको, अन्य अवसरहरु गुमाउनु परेको भन्दै कोरिया जान नपाए युवाहरुमा मानसिक असर पुग्ने बताए । यस क्षेत्रमा मात्रै चार सय भन्दा वढि युवाहरु कोरिया जानका लागि पास भएर पनि जान नपाएको अवस्थामा रहेको उनिहरुको भनाई छ । यस बर्ष कोरियाले करिब ६ हजार युवाहरुलाई पास भएर पनि कोरिया नलगेकोले देशभरका युवाहरु आक्रोशित भएका छन् । ईपिएस ले पहिला पास भएकाहरु अलपत्र परिरहेको बेला २०१४ का लागि परिक्षाको तयारी गरेको छ
Posted on: Sat, 06 Jul 2013 17:13:52 +0000

Trending Topics



Recently Viewed Topics




© 2015