कति दिन सम्म चुकुँ - TopicsExpress



          

कति दिन सम्म चुकुँ तिमीमा के सम्झौता गरी झुकुँ तिमीमा बजारमा सजाएको वस्तु नाइँ खै कति मोल हाली बिकुँ तिमीमा पशु त होइन नै मान्छे हुँ म पागल कुकुर झैं भुकुँ तिमीमा सँधैसँधै तिम्रो त्यो तनावमा के भनेर खुसीले फुकुँ तिमीमा पुरुष तिमी – तिम्रो त्यो हिंसामा लाचार भै किन झुकुँ तिमीमा । – © मानन्धर अभागी ।
Posted on: Sun, 21 Jul 2013 16:45:53 +0000

Trending Topics



Recently Viewed Topics




© 2015