कतार जान लागेका ३५ - TopicsExpress



          

कतार जान लागेका ३५ नेपाली विमानस्थलबाट फिर्ता, प्रक्रिया नमिलेको भन्दै विभागद्वारा रोक काठमाडौं, ९ भदौ । भिसामा लेखिएको भाषा नबुझिएको भन्दै अध्यागमन विभागले नेपाली कामदारलाई विदेश जानबाट रोक्न थालेको छ । नेपाली र अंग्रेजी भन्दा बाहेकका भाषामा लेखिएको भिसाको अर्थ नबुझिएको भन्दै शनिबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले नेपाली कामदारलाई रोक्न थालेको हो । आइतबार मात्रै कतार जान लागेका ३५ जना नेपाली कामदारलाई फर्काइ दिएको छ । उनीहरुको भिसा अरबी र अंग्रेजी दुवै भाषामा लेखिएको थियो । फर्काइएकाहरुलाई दिएको पत्रमा भिसाको भाषा नबुझिएको, भिसा विवरण इन्टरनेटमा नभएको र कम्प्यूटरले भिसाको भाषा नबुझिएको जस्ता कारण लेखिएको छ । भिसा जुन सुकै देशको भएपनि अंग्रेजी भाषामा पनि लेखिएको हुन्छ । यस अघि भिसामा अंग्रेजी भाषामा लेखिएकोलाई जना दिरहेको थियो तर शनिबारदेखि अन्य भाषाको पनि अर्थ खोज्न थालेको हो । विभागले अन्य भाषामा भएको भिसा मान्यता प्राप्त कार्यालयबाट अनुवाद गरेर ल्याउनु पर्ने शर्त राखेको छ । तर कामदारले विना सूचना विभागले यस्तो नियम लगाउँदा दुःख पाएको बताएका छन् । साथै पहिलेको भिसामा पनि विदेश फर्किन थालेका कामदारहरुलाई पनि विभागले रोक लगाएको छ । यस विषयमा विमानस्थल कार्यालयले भने कुनै पनि प्रतिक्रिया दिएका छैन ।
Posted on: Sun, 25 Aug 2013 09:36:47 +0000

Recently Viewed Topics




© 2015