कम्प्युटर सम्बन्धि केहि - TopicsExpress



          

कम्प्युटर सम्बन्धि केहि साधारण “टिप्स र ट्रिक्स” हरु: जानिराखौ माउसको काम किबोर्डले गर्नुहोस्: - यदि कुनै बेला तपाइको माउसले कम गरेन भने के गर्नु हुन्छ ? तापाईलाई थाहा छ माउसको कम कि-बोर्डले पनि गर्न सकिन्छ ? त्यसका लागि Shift+Alt-Num Lock कि थिच्नुहोस् र ओके गर्नुहोस् । अब तपाईले माउसको कम Number Key हरुबाट गर्न सक्नुहुनेछ । कम्प्युटरको पासवार्ड बिस्सनु भयो भने: - यदि तपाइँले आफ्नो कम्प्युटरको पासवार्ड बिर्सनु भयो भने यो स्टेप प्रयोग गरेर आफ्नो कम्प्युटर On गर्नुहोस्Password Enter गर्ने ठाउँ देख्नु हुनेछ । अब ctrl+Alt+Delete+DELETE कि थिच्नुहोस Username लाई Change गरेर administrator राखीदिनुस् र ok गर्नुस । कम्प्युटरलाई छिटो Shut Down गर्ने तरिका: - सबै भन्दा पहिले Ctrl+Alt+Delete थिच्नुहोस Task Manager खुल्नेछ Shut Down Tab मा click गर्नुस ctrl कि लाई Press गरेर Turn Off मा क्लिक गर्नुस । आफ्नो कम्प्युटर को सम्पूर्ण जानकारी: - यदि तपाइँलाई आफ्नो कम्प्युटर बारे सम्पूर्ण जानकारी थाहा छैन र त्यो जान्न चाहनु हुन्छ भने Start>run मा click गर्नुस र त्यहाँ Command टाईप गर्नुस Command पेज खुल्नेछ अब त्यहाँ System info टाईप गरेर Enter गर्नुस । अब तपाईले आफ्नो Computer को सम्पूर्ण जानकारी हेर्न सक्नुहुनेछ । आफ्नो कम्प्युटरलाई fast गराइराख्न्न चाहानु हुन्छ भने: - यदि तपाइको कम्प्युटर slow चल्छ र त्यसलाई fast गराउन चाहनु हुन्छ भने यी कुरा हरूलाई याद रख्न्नुस । आफ्नो कम्प्युटर C Drive मा धेरै फाइल Save नगर्नुस र सके सम्म C Drive को क्षमता ५०% free नै होस् । Desktop मा धेरै फाइलहरु राख्न्ने नगर्नुस यसले तपाइँको कम्प्युटर को Ram त्यसमा use भई राखेको हुन्छ र कम्प्युटर slow चल्छ । कम्प्युटरमा काम गरिसकेपछि ShutDown गरेर मात्रै Off गर्ने गर्नुपर्छ । कम्प्युटरको Virtual Memory बढाउने तरिका: - तपाईहरुको कम्प्युटरको virtual memory कम भएर पनि कम्प्युटर slow भएको हुन सक्छ, तपाइले virtual मmemory लाई बढाउन सक्नु हुन्छ, My computer icon लाई Right क्लिक गर्नुस र Properties मा जानुस । Advance tap मा क्लिक गर्नुस Performance को Settings मा क्लिक गर्नुहोस् । त्यस भित्रको Advance tap मा क्लिक गर्नुस । Virtual memory को Change icon मा क्लिक गर्नुस र virtual memory reset गर्नुस । कम्प्युटर लाई restart गर्नुहोस् । Network connection को full Detail को लागि: - Start>Run र त्यहाँ ncpa.cpl टाईप र Enter गर्नुस । तपाईको कम्प्युटरमा भएको network connection हरुको पेज खुल्ने छ । Ms-word को फाइललाई password ले lock गर्न चाहानु हुन्छ भने: - यदि तपाई Ms-word मा टाईप गरेको document लाई अरुले नहेरोस भन्ने चाहानु हुन्छ भने त्यसलाई आफ्नो password राखी लक गर्न सक्नु हुन्छ, त्यसको लागि Ms-word को Tool बारको Tools मा क्लिक र option मा क्लिक गर्नुस र Password to open भन्ने box मा आफुले चाहेको Password राख्नुहोस>ok>password> लाई Comform गर्नुस र ok अब तपाईले आफ्नो Document लाई save गरिदिनुस ।
Posted on: Sat, 06 Jul 2013 16:10:44 +0000

Trending Topics



Recently Viewed Topics




© 2015