केन्द्रीय अध्यक्ष यशोदा - TopicsExpress



          

केन्द्रीय अध्यक्ष यशोदा राई सहितको टोली धरान जाँदै किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिले यही कात्तिक १५ गते धरानमा गर्ने वृहत जनसभाको लागि कार्यक्रम संयोजनको लागि काठमाडौंबाट केन्द्रीय अध्यक्ष यशोदा राई र उपमहासचिव तथा प्रचार विभाग प्रमुख दिवस कोयू ११गते धरान प्रस्थान गर्नु हुदैछ । अन्य केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यज्यूहरु पनि उक्त वृहत जनसभाको १४ गते प्रस्थान गर्नुहुने छ । सम्पूर्ण किरात राईहरूको साझा, स्वतन्त्र एवं गौरवशाली एक मात्र संस्था किरात राई यायोक्खाले मंसीर ४ गते हुन गइरहेको संविधानसभाको दोस्रो निर्वाचनमा किरात राई यायोक्खाको आठौं राष्ट्रिय सम्मेलनबाट पारीत नीति अनुसार एकल जातिय पहिचानको आधारमा किरात स्वायत्त राज्य स्थापना गर्न वैचारिक दृष्टिकोण राख्ने उमेरदवारको पक्षमा मतदान गर्न आवहृान गर्ने निर्णय गरेको छ । किरात राई यायोक्खाले दमकको ६औ राष्ट्रिय सम्मेलनबाट नै किरात स्वायत्त राज्यको अवधारणालाई पारित गरी यसको पक्षमा बकलात गर्दै आएको छ । र, पुन आफ्नो किरात स्वायत्त राज्यको पक्षको आफ्ना् अवधारणा धरानबाट कात्र्तिक १५ गते सार्वजानिकरण गर्दैछ । सम्पूर्ण माहनुभावलाई उक्त जनसभामा उपस्थितिको लागि चुल्लो निम्तोको लागि किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति हार्दिक अनुरोध गर्दछ । प्रचारप्रसार उपसमिति किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति
Posted on: Sat, 26 Oct 2013 20:39:32 +0000

Trending Topics



Recently Viewed Topics




© 2015