गोरखा जनमुक्ति - TopicsExpress



          

गोरखा जनमुक्ति मोर्चाद्वारा ३ दिने दार्जिलिङ बन्द आह्वान साउन १४ - गोरखा जनमुक्ति मोर्चाले तीन दिने दार्जिलिङ बन्द आह्वान गरेको छ । नेपाली भाषीका लागि छुट्टै गोरखाल्याण्ड राज्यको माग गर्दै बन्द आह्वान गरिएको हो ।आन्धप्रदेशमा भइरहेको छुट्टै तेलंगाना राज्यको माग पुरा भएमा सरकारले छुट्टै गोरखाल्याण्ड पनि हुनुपर्ने गोरखा जनमुक्ति मोर्चाको माग छ । बन्दका कारण पर्यटकीय शहर दार्जिलिङको जनजीवन कष्टकर बनेको छ भने पर्यटन र चिया उत्पानका क्षेत्र बढी प्रभावित भएको छ । स्थानीय प्रशासनले संवेदनशील क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरेको छ । छुट्टै राज्यको माग गर्दै सन् १९८० देखि गोरखा आन्दोलन सुरु भएको हो । - भारतीय सञ्चार माध्यमको सहयोगमा(r).................
Posted on: Tue, 30 Jul 2013 08:11:57 +0000

Trending Topics



Recently Viewed Topics




© 2015