गगन थापा - TopicsExpress



          

गगन थापा भन्नुहुन्छ-मुलुकलाई पुष्पकमल दाहालको खाँचो छ =========== Admin Smooth Heart मंसिर ७ चुनाव जितेको प्रमाणपत्र लिएपछि गगन थापा मिडियामार्फत् प्रतिक्रिया दिनुभएको छ । संविधानसभाबाट बाहिरिने एमाओवादीको चेतावनीलाई थापाले सामान्य रुपमा लिएको बताउनुभयो । चोट परेका बेला त्यस्तो अभिव्यक्ति आउनु स्वाभाविक भए पनि विस्तारै उहाँहरुले आफ्नो निर्णयमा पुनर्विचार गर्ने थापाले विश्वास व्यक्त गर्नुभयो । मुलुक संक्रमणबाट बाहिर निस्कने प्रयासमा रहेकाले देशलाई पुष्पकमल दाहालको आवश्यकता रहेको थापाले बताउनुभयो । यसअघि कांग्रेसका कृष्णप्रसाद भट्टराई र सुशील कोइरालाले चुनाव हारेको स्मरण गर्दै थापाले प्रचण्डलाई हारजीतलाई सहजरुपमा लिन आग्रह गर्नुभयो । थापाले काठमाडौं उपत्यकाका अन्य विजयी उम्मेद्वारमध्ये सबैभन्दा बढी मत पाउनुभएको छ । ०६४ सालमा प्रचण्डले यसैगरी भारी मत ल्याउनुभएको थियो । मिडियालाई दिएको प्रतिक्रियामा गगनले भन्नुभयो -हामीले ४ वर्ष खेर फाल्यौं । हामी सबैले जनताको निम्ति राजनीति गरेका हौं । त्यसैले कसैले मात्तिन र कसैले निराश हुन जरुरी छैन । राष्ट्रिय सहमति नै हो । एउटा पार्टीले मात्रै संविधान जारी गर्न सक्दैन । बहुमतको सरकार बनाउनुपर्छ र प्रतिपक्षले सहयोग गर्नुपर्छ । एक वर्षभित्र संविधान बनाउनुपर्छ र आर्थिक सम्वृद्दितर्फ लाग्नुपर्छ । == हाम्रो समाज
Posted on: Fri, 22 Nov 2013 09:12:52 +0000

Trending Topics



" style="margin-left:0px; min-height:30px;"> *Tại sao Cô Bé Lọ Lem lại phải chạy vào lúc nửa

Recently Viewed Topics




© 2015