गजल घर - TopicsExpress



          

गजल घर नै छैन मेरो तिमी शहर माग्छौ। गुलामसँग गुलामकै लहर माग्छौ।। पेटमा पानी पार्न दिन रात खट्छु म। तिमी चौरासी ब्यन्जनको नहर माग्छौ।। थोरैमा हित छ फूलमै सुधा छ भन्छु। धेरै खोज्छौ अनि काँडाकै जहर माग्छौ।। अभाब माग छ बचेको दरिद्रता छ। म असहायसँग कस्तो रहर माग्छौ।। प्रयास भेटिन्छ रहस्यका गजलमा। भाब नै छन् अपूर्ण के बहर माग्छौ।। रहस्य बिक्रम चिमरिया बिर्तामोड नयाँ बस-पार्क झापा
Posted on: Thu, 29 Aug 2013 06:17:09 +0000

Trending Topics



Recently Viewed Topics




© 2015