गुल्मी २ बाट पराजय - TopicsExpress



          

गुल्मी २ बाट पराजय हुनुभएका एमालेका प्रदीप ज्ञवालीले फेसबुकमा यस्तो स्टाटस लेख्नुभएछ । यो पढ्दा त तपार्इंले हारेर पनि जित्नुभयो काम्रेड । सविधानसभा निर्वाचनमा मलाई आफ्नो अमूल्य मत प्रदान गर्नुहुने सम्पूर्ण गुल्मीवासीप्रति आभार व्यक्त गर्दछु । मलाई आशीष दिने वृद्ध वुवाआमाहरू, हामीमा आफ्नो भविष्य देखेर नाच्ने( रमाउने साना नानीहरू, ज्यान हत्केलामा राखेर खटेका युथ फोर्सका साथीहरू, कला( गलाले साथ दिने कलाकारहरू, काठमांडौं, बुटवल र प्रवासी साथीहरू( तपाईंहरूलाई म सधै ूमिसु गरिरहनेछु ।यो यात्रा हो, जुन निरन्तर जारी रहनेछ ।गुल्मीको विकास र गुल्मीवासीको दुखसुखमा मेरो उपस्थिति सदैव पाउनुहुनेछ ।यो प्रतिकूल परिणामको सम्पूर्ण जवाफदेही म लिन्छु । सायद उम्मेदवारको रूपमा ममा नै कमीथिए कि......। *ishu shrestha*
Posted on: Sat, 23 Nov 2013 05:15:55 +0000

Trending Topics



Recently Viewed Topics




© 2015