चितवनको ‘गुण्डाराज’ - TopicsExpress



          

चितवनको ‘गुण्डाराज’ ध्वस्त पार्छुः एसपी कार्की August 9, 2013 भरतपुर, २५ साउन चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रद्युम्न कार्कीले चितवनको गुण्डाराज ध्वस्त पार्ने घोषणा गरेका छन् । एकसाता अघिमात्र चितवन आएका कार्कीले शुक्रबार जिल्ला प्रहरी कार्यालय चितवनमा पत्रकार सम्मेलन गरेर कुनैपनि शक्तिको दबाबमा परेर अपराधी नछोड्ने प्रतिबद्धता जनाए । “मैले यहाँको वातावरण बुझ्न भ्याएको त छैन”, कार्कीले भने, “यहाँको समस्या गुण्डागर्दी नै हो भन्ने सुनेको छु, मेरो पहिलो निसाना यही हुनेछ ।” उनले आफ्नो प्राथमिकताको सूची सुनाउँदै पहिलो नम्बरमा गुण्डागर्दी नियन्त्रणलाई नै राखे । “आएलगत्तै भएका घटनाहरु यसैसँग सम्बन्धित हो त ?” पत्रकारसको प्रश्नमा एसपी कार्कीले भने, “यी त आफै ठोक्किन आएका हुन्, प्रहरीले केही बल गरेकै छैन ।” नेपाल तरुण दल भरतपुर नगर समिति उपाध्यक्ष प्रमिस राई र नेविसंघका कार्यकर्ता यमबहादुर कार्की कुटपिट आरोपमा अहिले हिरासतमा छन् । “यी त सामान्य अवरोध हुन्, प्रहरीले बहादुरी देखाउन खोजेकै होइन”, उनले भने । उनले र राजनीतिक आडमा गुण्डागर्दी मौलाएको भन्दै तिनको जरा उखेल्न सधैं लागिपर्ने उनले बताए । “व्यक्ति, दल, संगठनको आडमा गुण्डागर्दी मौलाएको छ”, उनले भने, “यो समाजको क्यान्सर हो । यो हटाउने पहिलो काम म गर्नेछु ।” आएलगत्तै दुई ठूला राजनीतिक दलसँग जोडिएका घटना व्यहोरेका उनले यसबाट कुनै दबाब महसुस नगरेको फेरि दोहो¥याए । “शरीरमा पाकेको घाउ निचोर्दा शुरुमा दुख्छ”, उनले भने, “पिप फालेपछि सञ्चो हुन्छ । अहिलेको घटनालाई यसरी नै लिनुपर्छ ।” उनले दोस्रो प्राथमिकतामा लागूऔषध नियन्त्रण र तेस्रोमा चन्दा आतंक नियन्त्रणलाई राखेका उनले त्यसपछि चोरी डकैतीलाई अवरोधका रुपमा हेरेका छन् । “यी नियन्त्रण गर्दा जोसुकैले जस्तो दबाब दिएपनि केही फरक पर्दैन”, उनले भने, “प्रहरीले आफ्नो काम गर्ने हो, अरु के गर्छन् थाहा छैन ।” उनले प्रहरीभित्रैको शुद्धीकरणलाई पनि प्राथमिकता सूचीमा पारेका छन् । “कसैमा भएको धूलो फाल्न आफ्नो हातमा हिलो भएर हुँदैन”, उनले भने, “बर्दीको आडम भ्रष्टाचार गर्न पाइदैन, प्रहरी सेवाका लागि शुल्क लाग्दैन, कसैले दलाली गरे छाड्दिन ।” यसअघि मोरङ प्रहरी प्रमुख हुँदा गुण्डागर्दी नियन्त्रणमा विशेष नाम कमाएका एसपी कार्कीले जिल्लामा आएलगत्तै सकारात्मक सन्देश छरेका छन् । यहाँको शान्ति सुरक्षाका लागि राजनीतिक दलको साथपनि खोजेका छन् । “दलले सहयोग गर्नुपर्छ”, उनले भने, “सायद गर्नुहोला, छलफल गर्छु ।” – NEWS CHITWAN(r).............
Posted on: Sat, 10 Aug 2013 12:44:28 +0000

Trending Topics



Recently Viewed Topics




© 2015