छोराको खुकुरी प्रहारबाट - TopicsExpress



          

छोराको खुकुरी प्रहारबाट बृद्धा घाईते खोटाङ, असोज ६ – आफ्नै छोराको खुकुरी प्रहारबाट खोटाङमा एक बृद्धा गम्भीर घाईते भएकी छन् ।४५ वर्षका छोरा रमेश आचार्यको खुकुरी प्रहारबाट लफ्याङ ६ की ७० वर्षकी पवित्रा आचार्य गम्भीर घाइते हुनुभएको हो ।घरायसी बिवादकाक्रममा रमेशले बृद्धा आमालाई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक दुर्गा रेग्मीले बताउनुभयो ।छोराको खुकुरी प्रहारबाट शरीरको विभिन्न भागमा चोट लागेका पवित्रालाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएको छ । उहाँको अस्पतालमा उपचार भइरहेको छ । खुकुरी प्रहारमा संलग्न रमेशलाई घटनास्थलबाट पक्राउ गरिएको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिनुभयो ।
Posted on: Sun, 22 Sep 2013 12:40:05 +0000

Trending Topics



payday-loans-honolulu-beretania-topic-266670440139410">payday loans honolulu beretania
Shah Rukh Khan on betting I am not a betting person. I take risks
WOOO! WINNER BY UNANIMOUS DECISION!!!!! gave that guy a nice ass

Recently Viewed Topics




© 2015