जवरजस्ती हटाए संघर्षः - TopicsExpress



          

जवरजस्ती हटाए संघर्षः व्यवसायी:- *********************** चितवन-भरतपुर स्थित चितवन उच्च माविको स्वामित्वमा रहेका घरहरुमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुले जबरजस्ती हटाउन खोजिए कडा संघर्ष गर्ने चेताबनी दिएका छन् । पूर्व– पश्चिम राजमार्गस“ग जोडिएका करिब डेढ दर्जन घरहरुको विद्युत् लाइन विद्यालय व्यवस्थापन समितिको दबाबमा काटिएपछि उनीहरुले जबरजस्ती नगर्न आग्रह गरेका हुन् । रिपोर्टस क्लव चितवन शाखाले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा व्यवसायीहरुले विद्यालय व्यवस्थापन समितिले मानवीय संबेदनाको समेत ख्याल नगरी अति आवश्यक विद्युत् सेवा समेत कटौती गरेको आरोप लगाए । व्यवसायीहरुले बनाएको संघर्ष समितिले आ“फुहरुलाई हटाएर विद्यालयले व्यवसायिक प्रयोजनका लागि सुबिधा सम्पन्न भबन निर्माण गर्न लागेको भन्दै पुनरावेदन अदालत हेटौंडामा रिट दर्ता गरेका छन् । विद्यालयको जग्गामा व्यवसायिक प्रयोजनका लागि सुबिधा सम्पन्न भबन निर्माण गर्नु ऐन बिपरित हुने र पदाबधि सकिएको विद्यालय व्यवस्थापन समितिले काम गर्न नपाउने बिषयमा अदालतमा रिट दायर भएको छ । चितवन उच्च मावि व्यवस्थापन समितिको पदाबाधि जेठ मसान्तमै सकिएको छ । संघर्ष समितिका सह संयोजक ज्ञानेन्द्र पियाले अदालतमा पुगिसकेको बिषयमा समेत बेवास्ता गरेर अबैधानिक व्यवस्थापन समितिले जबरजस्ती गरेको आरोप लगाउनुभयो । अधिबक्ता कोषराज काफ्लेले पुनरावेदन अदालतले समेत सार्वजनिक सरोकारको बिषयम स्विकार गरी रिट दर्ता गरिसकेको अवस्थामा अतिआवश्यक विद्युत् लाईन काटेर विद्यालय अत्यन्तै गैरजिम्मेवार बनेको बताउनुभयो । व्यवसायीहरुले अदालतको आदेश मान्न तयार रहेको बताएका छन् । उनीहरुले विद्यालयकै प्रयोजनका लागि भबन निर्माण गर्न लागिएको हो भने आ“फुहरु तत्काल हट्न तयार रहेको बताए । पत्रकार सम्मेलनमा घरवहाल उपभोक्ता मञ्च चितवनका अध्यक्ष श्रीराम गिरीले आपसी छलफलको माध्यमबाट समाधान खोज्नुको सट्टा विद्यालय व्यवस्थापन समिति जबरजस्ती बिस्थापनको प्रयासमा लाग्नु दुखद भएको बताउनुभयो । समिति यस बिषयमा जिम्मेवार नबने व्यवसायीहरुले गर्ने आन्दोलनमा घरबहाल उपभोक्ता मञ्चले साथ दिने उहा“ले बताउनुभयो । पत्रकार सम्मेलन रिपोटर्स क्लब चितवनका अध्यक्ष राजु चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो ।
Posted on: Sat, 31 Aug 2013 04:45:47 +0000

Trending Topics



Recently Viewed Topics




© 2015